मिलन फाउण्डेशनकी अध्यक्ष गुरुङलाई स्वागत

Read Time:2 Minute, 6 Second

रूद्र श्रीसमगर

पोखरा, ६ चैत्र

मिलन फाउण्डेशन नेपालकी अध्यक्ष गंगा गुरुङलाई आफ्नो गृहनगर पोखरामा स्वागत गरिएको छ । हङकङबाट केही समयको बिदामा नेपाल आउनुभएकी गुरुङलाई मिलन फाउण्डेशनसहित तीन संस्थाले स्वागत गरेका हुन् ।

गुरुङलाई मिलन फाउण्डेशन नेपालका संस्थापक-संरक्षक एवं मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’, जिल्ला खेलकुद विकास समिति, कास्कीका अध्यक्ष एवं नेपाल भलिबल संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम बहादुर गुरुङ, तमुस्यो रि च्हमी परिवारकी अध्यक्ष गौरी गुरुङले खादा, फूलमालासहित स्वागत गरेकी थिइन । त्यस्तै फाउण्डेशनका उपाध्यक्ष देवी गुरुङ सदस्यहरू धन कुमारी गुरुङ र सरस्वती क्षत्री, प्रचार संयोजक रूद्र बहादुर श्रीस, तमुस्यो रि च्हमी परिवारकी सदस्य सुशीला गुरुङले अध्यक्ष गुरुङलाई स्वागत गरेका थिए ।

त्यसैगरी, मिलन फाउण्डेशन नेपाल र मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का तर्फबाट फाउण्डेशनकी अध्यक्ष गंगा गुरुङ र मिलन डी.जी.का अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’ले जिल्ला खेलकुद विकास समिति, कास्कीका अध्यक्ष एवं नेपाल भलिबल संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम बहादुर गुरुङलाई स्वागत एवं सम्मान गरे । कार्यक्रमको सञ्चालन फाउण्डेशनका प्रचार संयोजक रूद्र बहादुर श्रीसले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %