देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको तेश्रो बार्षिक साधारण सभा

Read Time:3 Minute, 18 Second

गोबिन्द घर्ती

चैत्र ३, निर्वाचन सम्पन्न भएसंगै देश विकासको बाटोमा अगाडि बढेको प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताए । विश्वकर्माले जनताले अनुभूति गर्ने गरी अवको सरकारले समृद्धि राष्ट्र निर्माणमा लाग्ने दावी गरे । पुर्वमन्त्री समेत रहेका नेता विश्वकर्माले स्थानीय तहले दीर्घकालिन योजना तयार गरी अगाडि बढ्नु पर्ने बताउदै जनताको भावनालाई कदर गर्नुपर्नेमा जोड दिए ।
देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको तेश्रो बार्षिक साधारण सभामा बोल्दै विश्वकर्माले उक्त कुरा बताएको हो । नेता विश्वकर्माले आमनागरिकले स्वच्छ खानेपानी पाउनु पर्ने बताउदै त्यसको लागि राज्यले पहल गर्नुपर्नेमा जोड दिए । विश्वकर्माले खानेपानीको श्रोतको पहिचान गरी त्यसको संरक्षण र सम्वद्र्धन गर्न आवश्यक रहेको औल्याए । नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका नेता विश्वकर्माले खानेपानीको लागि चुरे क्षेत्रको संरक्षण गर्न आवश्यक रहेको बताए ।
संस्थाका कार्यवहाक अध्यक्ष मिनादेवी रिमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य डा कृष्ण प्रसाद न्यौपाने, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीका प्रमुख वासुदेव पौडेल, देवदह साकोसका अध्यक्ष ऋषिराम सापकोटा, देवदह आर्दश बहुमुखी क्याम्पसका अध्यक्ष जीवलाल पराजुली, क्याम्पस प्रमुख मित्रलाल न्यौपाने, पुर्वअध्यक्ष जसमान गुरुङ्ग, अनुगमन समितिका सदस्य वासुदेव रिमाल, स्वास्थ्य कर्मी ईश्वरी ढुंगाना, प्रेस चौतारीका केन्द्रिय सदस्य यम राना, केरवानी खानेपानी संस्थाका प्रजापति सापकोटा, उद्योग व्यापार संगठनका गोविन्द ठड्राई, धर्मोदय सभा देवदहका अध्यक्ष टेक बहादुर थापा लगायतले आ–आफना भनाई राखेका थिए ।
कार्यक्रममा कार्यवहाक अध्यक्ष मिनादेवी रिमालले बार्षिक प्रतिवेदन, सचिव झगरीलाल शर्माले प्रगति प्रतिवेदन, कोषाध्यक्ष गुमान सिंह कुवरले आर्थिक प्रतिवेदन र लेखा संयोजक कृष्ण प्रसाद ज्ञवालीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । शोभा थापाको स्वागत र संस्थाका सचिव झगरीलाल शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %