मगर विद्यार्थी संघको २४ औं स्थापना दिवस

Read Time:2 Minute, 48 Second

रूद्र श्रीसमगर

पोखरा, २७ फागुन
नेपाल मगर विद्यार्थी संघको २४ औं स्थापना दिवस आइतबार कास्कीमा पनि मनाइयो । स्थापना दिवसमा संघको कास्की जिल्ला समितिले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्‍यो ।

अन्तरक्रिया कार्यक्रमलगत्तै प्रथम शहीद लखन थापामगरको शालिक रहेको स्थान लखनचोकमा दीप प्रज्ज्वलन तथा केक काटेरस्थापना दिवस मनाइयो । अन्तरक्रियामा बोल्दै संघकाकेन्द्रीय सदस्य प्रेम रोकामगरले विगतका बारेमा समीक्षा गर्दैभावी मार्गचित्र तयार गर्नुपर्ने बेला आएको बताउनुभयो ।

‘हामीले सुरु गरेको शैक्षिक आन्दोलनका बारेमा नयााढंगले सोंच्नुपर्ने बेला आएको छ’, रोकामगरले

भन्नुभयो, ‘विगतको समीक्षा गर्दै भावी मार्गचित्र तयार गर्नु आजको आवश्यकता हो ।’ नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर समुदायको अधिकार प्राप्तिको आन्दोलनमा मगर विद्यार्थीले खेलेको भूमिका उल्लेखनीय रहेको भन्दै मगर जातिले अझै पूर्ण अधिकार प्राप्त गर्न

नसकेकोले अझै आन्दोलन जारी राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरले सामाजिक र शैक्षिक आन्दोलनमा मगर विद्यार्थीले खेलेको भूमिका प्रशंसनीय र उदाहरणीय रहेको भन्दै राज्यका हरेक अंग समानुपातिक समावेशी बनाइनुपर्ने धारणा राख्नुभयो । नेपाल मगर विद्यार्थी संघ गण्डकी अञ्चल समितिकाउपाध्यक्ष नेत्र घर्तीमगरले नेपाल जातीय एवं सांस्कृतिक हिसाबले विविधतायुक्त देश भएपनि राज्यसत्तामा त्यसको प्रतिविम्ब देखिन नसकेको भन्दै हजारौंले बलिदान गर्दा पनि राज्यसत्ताको चरित्र फेरिन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

संघका कास्की जिल्ला अध्यक्ष दिनेश रोकामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रेम बुढामगर र सह–सचिव डेक पुनमगरले स्वागत गर्नुभएको थियो 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %