कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलको आयोजनामा सञ्चालित नेतृत्व विकास तथा उद्घोषण तालिम

Read Time:1 Minute, 44 Second

२६ फाल्गुण । बुटवल 

कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलको आयोजनामा सञ्चालित नेतृत्व विकास तथा उद्घोषण तालिमको आज शनिबार एक कार्यक्रमका बीच समापन गरिएको छ ।

कानुङले आफ्ना शेयर सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको तीन दिने तालिममा बोल्ने वक्ताहरुले नेतृत्व विकास जस्ता तालिमहरुले शेयर सदस्यहरुको क्षमता अभिवृद्धि गर्नुका साथै सहकारीको दायित्व पनि भएकाले सहकारीहरुले तालिम र प्रशिक्षणलाई प्राथमिकता दिनु पर्ने बताए । कार्यक्रममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न पनि उत्तिकै जरुरी रहेकोमा बोल्ने वक्ताहरुले जोड दिएका थिए ।

सहकारीका अध्यक्ष टोप बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष जंग बहादुर श्रीस, लेखा समिति संयोजक खिम बहादुर श्रीस, हरिदेव थापा, प्रशिक्षार्थीको तर्फबाट लक्ष्मी सोमई,चन्द्रमाया राना, ठमि थापा, समीक्षा सिंजापति लगायतले बोलेका थिए । कार्यक्रम सहकारीका व्यवस्थापक सर्मिला रानाको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा सनु थापा र यशोदा थापाले सहजिकरण गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %