आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीका नवनिर्वाचित पदाधिकारीहरुलाई बुटवलमा सम्मान

Read Time:1 Minute, 21 Second

२६ फाल्गुण । बुटवल

 आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीका नवनिर्वाचित पदाधिकारीहरुलाई आज बुटवलमा सम्मान गरिएको छ । बधाइ तथासम्मान कार्यक्रमको आयोजना गरि जनमुक्ति युवा महासंघ रुपन्देहीले उनीहरुलाई सम्मान गरेको हो ।

संघले फोनिज रुपन्देहीका अध्यक्ष सनु थापा,उपाध्यक्ष दीपु मगर, सचिव यशोदा थापा लगायत सबै पदाधीकारीहरुलाई सम्मानगरेको हो । युवा महासंघ रुपन्देहीका अध्यक्ष हेम बहादुर ढाथोकीकोअध्यक्षतामा भएको कार्यक्रममा युवा महासंघका राष्ट्रिय अध्यक्ष शंकर गाहा, फोनिज अध्यक्ष सनु थापा, उपाध्यक्ष दीपु मगर, सचिव यशोदा थापा,सदस्य गोरख प्रसाद चौधरी, नेपाल मगर संघ बुटवलका नगर अध्यक्ष गोपाल चोहान, थर्क बहादुर बारघरे, दुद्ध बहादुर गुरुङ्ग, कमल थापा लगायतलेबोलेका थिए । कार्यक्रम संघका सचिव पहल रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %