उत्पादनमुलक व्यवसायीकताले मात्र आत्मनिर्भर बन्न सक्ने

Read Time:3 Minute, 0 Second

गोबिन्द घर्ती

फागुन २१ । उत्पादनमुलक व्यवसायीकताले मात्र आत्मनिर्भर बन्न सक्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले ज्ञान र सिपलाई व्यवहार्नमा उर्तानु पर्ने बताउदै उत्पादनले मात्र समृद्धि राष्ट्र निर्माण गर्न सकिनेमा जोड दिएका थिए । स्वतन्त्र भूतपुर्व सैनिक कल्याणकारी परिवार देवदहद्वारा आयोजित ३ महिने सिलाई कटाई तथा व्याग बनाउने तालिमको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
सोही अवसरमा बोल्दै देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले तालिममा सिकेका सिपलाई व्यवहार्नमा उर्तान सके मात्र तालिमको औचित्य हुनेमा जोड दिए । खत्रीले उत्पादनमुलक व्यवसायीक क्षेत्रमा लाग्नेहरुलाई नगरपालिकाले सहयोग गर्ने बताए । उहाले उत्पादन मुलक व्यवसायीकले मात्र निर्यात कम गर्न सक्नुको साथै स्वरोजगारको समेत सृजना हुने बताए । सोही कार्यक्रममा बोल्दै संयुक्त भूतपुर्व सैनिक महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष लक्ष्मीकान्त पाण्डेले देवदहको विकासमा भुपुहरुको अहम भूमिका भएकोले राज्यले भुपुहरुको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उहाले देशको नीति निर्माण तहमा भुपुहरुको समेत प्रतिनिधित्व हुनु पर्ने बताउदै राजनैतिक दलहरुले भुपुहरुलाई राज्यको निति निर्माण तहमा पु¥याउन नसकेको बताए । स्वतन्त्र भूतपुर्व सैनिक कल्याणकारी परिवार देवदहका अध्यक्ष खोमबहादुर ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, देवदह–२, का वडा अध्यक्ष धर्मागत पाण्डे, परिवारका पुर्व अध्यक्ष कोषबहादुर गुरुङ्ग लगायतले आ–आफना भनाई राखेका थिए । बरिष्ठ उपाध्यक्ष किसनबहादुर थापाको स्वागत र सचिव विनोद गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । करिव ६० जना महिलाहरुको सहभागिता रहेको तालिमको सहजीकरण दुर्गादेवी रानाले गर्नुहुने परिवारले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %