मगर, किराती र दुलाल माओवादी केन्द्रबाट निस्कासित ।

Read Time:1 Minute, 21 Second

काठमाडौँ — माओवादी केन्द्रले पार्टी एकताप्रति असहमति जनाउँदै आएका तीन नेतालाई निष्कासन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल निवास ललितपुरको खुमलटारमा बिहीबार बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले नेताहरु लोकेन्द्र विष्टमगर, गोपाल किराती र विश्वभक्त दुलाललाई निष्कासन गर्ने निर्णय गरेको हो ।

नेता वर्षमान पुनले पार्टीनिर्णय विपरीत गतिविधि गर्ने र एकताको विरोधमा रहेका लोकेन्द्र विष्टमगर, गोपाल किराती र विश्वभक्त दुलाल पार्टीमा नरहेको घोषणा बैठकले गरेको जानकारी दिए ।
 
एमालेसँग एकता गर्ने घोषणादेखि नै विष्ट, किराती र दुलाल असन्तुष्ट थिए । माओवादी एमालेसँग विलय हुन लागेको आरोप समेत लगाइरहेका ती नेताहरुले यही फागुन १ गतेको ‘जनयुद्ध’ दिवस पनि मोहन वैद्य र नेत्रविक्रम चन्दको पार्टीले आयोजना कार्यक्रममा मनाएका थिए ।
ekantipur
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %