प्राविधिक शिक्षा ऐन लागु गर्न सके युवाहरुलाई स्वरोजगारको सृजना गर्न सकिने

Read Time:3 Minute, 39 Second

गोविन्द घर्ती
Image may contain: 13 people, wedding and beard

माघ २६ । प्राविधिक शिक्षाले मात्र समृद्ध राष्ट्र निर्माण हुने प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ ।

उहाले प्राविधिक शिक्षा ऐन लागु गर्न सकेमात्र युवाहरुलाई स्वरोजगारको सृजना गर्न सकिनेमा जोड दिनु भयो । देवदह मदरटङ्गस एकेडेमी देवदहको १९ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहनु भएका नेता विश्वकर्माले सामुदायिक र निजी विद्यालयमा प्राविधिक शिक्षालाई जोड दिने बताउदै प्राविधिक शिक्षाको लागि अव बन्ने वामगठवन्धन सरकारले विशेष योजना ल्याउनेमा बताउनु भयो । नेता विश्वकर्माले आमनागरिकको भावना अनुरुप अव बन्ने सरकार चल्ने बताउदै विर्नाचनको बेलामा आमनागरिक समक्ष गरेको प्रतिवद्धता कार्यान्वयन गर्नेमा जोड दिनु भयो । सोही अवसरमा बोल्दै तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष रेशम गुरुङ्गले मातृभाषाले शिक्षा क्षेत्रमा अह्म भूमिका खेलको बताउनु भयो । उहाले मातृभाषाको माध्यम, भाषा र अन्र्ताष्ट्रिय भाषा आजको आवश्यकता भएकोले यो तिनै भाषाको शिक्षक गरी दक्ष जनशक्ति उत्पादनमा गर्न मदरटङ्गसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।

उहाले राज्यले गर्ने काम निजी विद्यालयले गरेकोमा धन्यवाद दिदै राज्यले नेपालमा रहेका जातीय भाषाको संरक्षण र सम्वद्र्ध गर्नुपर्नेमा जोड दिनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टौंबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य डा. कृष्णप्रसाद न्यौपाने, प्याव्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, नगर शिक्षा अधिकृत हरिलाल अर्याल, प्याव्सन उपाध्यक्ष एकनारायण काप्mले, ईप्सा रुपन्देहीका अध्यक्ष बोधराज गौडेल, न्यू नमुना बोडिङ्ग स्कुलका होमनाथ ढुंगाना लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा विद्यालयको बार्षिकोत्सवको अवसरमा आयोजित अभिभावक, विद्यार्थीहरु वीच भएको खेलकुदका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल रामबहादुर गुरुङ्गले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रवन्ध निर्देशक भिमप्रसाद गुरुङ्गको स्वागत र शिक्षक देव गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %