देवदह नगरपालिकाको आर्थिक सहयोगमा तिन महिने सिलाई कटाई तालिम

Read Time:1 Minute, 54 Second

गोविन्द घर्ती
Image may contain: 10 people, people smiling, people standing

माघ २६ । ज्ञान र सिपलाई व्यवहारमा उर्तान सकेमात्र आत्मनिर्भर बन्ने सकिने देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले बताउनु भएको छ ।

चेली कृषि सहकारी संस्थाको आयोजना र देवदह नगरपालिकाको आर्थिक सहयोगमा आयोजित तिन महिने सिलाई कटाई तालिमको उद्घाटन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । उपप्रमुख गुरुङ्गले सिपलाई व्यवसायीक बनाउन सके आर्थिक रुपमा समेत सवल हुने हुदा तालिममा सिकेका ज्ञान र सिपलाई व्यवहारमा उर्तानु पर्नेमा जोड दिनु भयो । उहाले तालिमलाई तालिमको रुपमा नलिएर आर्थिक उपार्जन तर्फ लागनु पर्ने बताउनु भयो । सहकारी संस्थाका अध्यक्ष सावित्रा वस्यालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका सदस्य प्रकाश अर्याल, देवदह सोकासका अध्यक्ष ऋषिराम सापकोटा, देवदह–५, का वडा अध्यक्ष झिल्लुप्रसाद न्यौपाने, के आई नेपालका उषा गुरुङ्ग, देवदह–७, का वडा सदस्य सरस्वती पोखरेल लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

सहकारीका शेयर सदस्यहरुको सभागिता रहेको तालिमको सहजीकरण श्रीकुमारी सोमैले गर्नु हुने भएको छ । उपाध्यक्ष सरस्वती अर्यालको स्वागत, सचिव जमुना रेग्मी र व्यवस्थापक फुलमाया श्रीषको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %