बिमलको ‘पारी गाउँको फूल’

Read Time:1 Minute, 51 Second

मनोज घर्ती मगर ,

लोक पप शैलीको ‘पारी गाउँको फूल’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।फ्युजन म्यूजिकमा आधारति भएर गाइएको उक्त गीतको भिडियो बुढासुब्बा डिजिटल प्रालिको युटुब च्यानलबाट सार्वजनिक भएको हो । भिडियोमा शताब्दीऔं पूरानो प्रेमकथालाई नयाँ ढंगबाट प्रस्तुत गरिएको छ । बिमल मगरको स्वर रहेको गीतको संगीत र शब्द पनि उनकै हो । गीतको भिडियो हेर्दा छोटो फिल्म हेरेजस्तो हुन्छ । भिडियोको गीतमा धिमे, बुसिया, झ्याम्टा, मादल, सारंगी, नरसिंहा, र अष्ट्रेलियन पुराना बाजा डिडगिरिडो पनि बजाइएको छ ।

म्यूजिक भिडियोमा निर्मल मगर, विष्णु चेमजोङ, गोविन्द राइ र निशान लिम्बुको अभिनय रहेको छ । निकै मेहन गरेर तयार गरिएको भिडियोलाई सञ्जिव राइले छायाङ्कन तथा सम्पादन गरेका हुन् । पूरानो परम्परालाई आधुनिक शैलीमा प्रस्तुति गरिएको भिडियोमा पूराना घर, पोशाक प्रयोग गरिएको छ भने घोडाको समेत प्रयोग गरिएको छ । भिडियोलाई यूटुबमा खुब मन मराइएको छ । भिडियोमा साँस्कृतिक र ऐतिहासिक कुरा समेट्ने मात्रै होइन थुप्रै प्रपर्टी प्रयोग गरिएकोले धेरैले मन पराएको मोडल बिष्णु चेमचोङले जानकारी दिइन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %