गोविन्दको ‘अधुरो मुस्कान’ आयो

Read Time:1 Minute, 30 Second

रुद्र श्रीसमगर
पोखरा, १९ माघ

लोकप्रिय सर्जक, गायक तथा मोडल गोविन्द पुनमगरको आधुनिक गीत ‘अधुरो मुस्कान’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

हालसम्म विभिन्न लोक तथा दोहोरी गीत एवं गाउँका गीत ल्याएका गोविन्दले पहिलोपटक आधुनिक गीतको म्यूजिक भिडियो ल्याएका हुन् । उनी आफैंले शब्द लेखेका छन् भने म्यूजिक भिडियोको निर्देशन पनि गरेका छन् । सो गीतमा गायिका तारा श्रीसमगरले स्वर दिएकी छिन् भने गायक एवं संगीतकार नवीन रानामगरको संगीत र आशीष अविरलको एरेञ्ज रहेको छ ।

टाइगर्स फिल्मस् प्रालिको प्रस्तुती रहेको म्यूजिक भिडियोमा गोविन्द आफैंले अभिनय गरेका छन् भने उनलाई अभिनयमा मुस्कान थापा र सिर्जना मगरले साथ दिएका छन् । दानबहादुर श्रीसमगर र मिलन गुरुङको छायाड्ढन तथा सम्पादन रहेको म्यूजिक भिडियोमा मिलन गुरुङले कलरिड्ड र जय गुरुङले श्रृड्डार गरेका हुन् ।

युट्युबमा हेर्नका लागि लिंक ः

{youtube}https://www.youtube.com/watch?v=fJz9NrdL4WI{/youtube}

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %