एकदिन,मेरो छोरा सानै छदा स्कुलबाट रुदै आएर सोध्यो ।
बाबा मेरो आँखा किन चिम्सो बनाइदिनुभा’को ?
आज मैले क्लासमा फरर पढ्न नजान्दा
नेपाली सरले रिसाउदै गाली गर्नुभो
यो चिम्सेहरुले पढ्नै जान्दैनन..
चिम्सो आँखाले अक्षर पनि चिम्सै देख्छ हो बाबा?
मेरो पनि आँखा ठुलो भएको भए
अक्षर पनि ठुलै देखेर नेपाली फरर पढ्न सक्थे होला है??
अर्को दिन,
उसरी स्कुलबाट आयो र भन्यो
बाबा हामीले गाइको पूजा नगरेर गरीब भाको रे हो ?
सरले भन्नुभको गाई लक्ष्मी रे पूजा गरे पछी धनी भैन्छ रे !
के तपाईंलाई धनी हुन मन लाग्दैन र बाबा ?
अब हामी पनि सुङ्गुर मासेर गाई मात्र पालौन !
मलाई सुङुरको बारेमा सबै लेख्न आउछ
तर जाचमा गाइको बारेमा मात्र सोध्छ
म अब गाइको प्रत्येक अङ्गहरु गन्न चाहन्छु
सरले भन्नुभाको सुगुर त फोहोरी रे
सुङुरको मासु खाएर म पनि तेस्तै भाको रे
म साच्चै सुगुर जस्तै देखिन्छु हो बाबा??
क्ष बाट क्षेत्रि आउछ तर किन र बाट राइ आउँदैन ??
सुङुरको मासु खाएर अक्षरहरु पनि हामी सङ्ग रिसाएको हो बाबा ??
फेरी, अली ठुलो भए पछी स्कुलबाट आउँदा प्रश्न ल्याउन छोड्यो
किताब र सरको कुरा गलत भन्न सक्न्ने हैसियत नभएको लाचारी बाउलाई बुझ्ने भयो शायद..
बरु, खुशी हुँदै एकदिन आँफैले कोरेको एउटा सुन्दर चित्र ल्याएर भन्यो
हाम्रो ईतिहास पढाउने सरले भनुभाको हाम्रो राष्ट्रनिर्माता प्रिथिवी नारायण शाह रे !
उस्ले गर्दा मात्र हामी नेपाली भएर जन्मिन पाएको रे !
त्येसैले आज उनको जन्मदिनमा मैले उस्को चित्र कोरेर फस्ट भए नि,..
र श्रदाका साथ घरको मुल ढोकाकै माथि टासिदियो त्यो चित्र..
आज, अचानक क्याम्पस बाट आउन साथ
त्यो बर्षौ देखी औंला ठाडो पारेर हाम्रो मुलढोकामा खवरदारी गरिरहेको
आँफैले बनाएको चित्र उस्ले धुजा- धुजा पारेर मिल्काउदै थियो
एउटा ईतिहास लाई च्यात्दै थियो… शायद,,
उस्को बाउले अर्थात मैले बर्षौ देखी दिन नसकेको उत्तर कतै भेट्यो होला..
या,यो युगको भुइचालोले पुरिएको इतिहासहरु लाई पल्टाइ रहेको छ…
सुष्मा रुपाबुङ