मगरहरूको माघे सक्रांती

Read Time:2 Minute, 39 Second

गोबिन्द घर्तीमगर

पौष २७ । समय सापेक्ष अनुसार संस्कार र संस्कृति परिवर्तन हुने बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताहरुले औल्याएका छन् । उनीहरुले हरेक जातीले मान्दै आएको संस्कार र संस्कृतिलाई एकरुपता ल्याउन सकेमात्र पहिचान कायम गर्न सकिनेमा जोड दिएका थिए ।
नेपाल मगर संघ रुपन्देहीले माघेसंक्रान्तिको अवसरमा आयोजित शुभकामना तथा मृत्यु संस्कार विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । सोही अवसरमा बोल्दै नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष दलबहादुर विरकट्टाले राज्यले मगरहरुको ईतिहास मेटिदिएकोले मगरहरुको संस्कार र संस्कृतिमा एकरुपता हुन नसकेको बताए । विरकट्टाले राज्यले मगरहरुलाई अपहेलित गरेको बताउदै आफनो जातिय पहिचान स्थापित गर्न सम्पूर्ण मगरहरु एकजुट हुनुको कुनै विकल्प नभएकोमा जोड दिए । सोही अवसरमा मृत्यु संस्कार विषयक कार्यपत्र प्रस्तुत गर्दै मगर बुद्ध सेवा समाजका केन्द्रिय उपाध्यक्ष टिवी पुनले संस्कारको पद्दति नहुदा मगरहरुले चलाउदै आएको संस्कार एकरुपता हुन नसकेको बताए । उपाध्यक्ष पुनले अहिले धर्म र संस्कारमा विकृति फैलिरहेकोले यसलाई हटाउन सवै आ–आफनो ठाउबाट लाग्नु पर्नेमा जोड दिएका थिए ।
नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष गीता सारुको अध्यक्षतामा भएको कार्यक्रममा मगर बुद्ध सेवा समाजका प्रशिक्षण विभाग प्रमुख पूर्णबहादुर तरामी, मगर पत्रकार संघका केन्द्रिय सचिव मिलन गाहा, भोजबहादुर बुढाथोकी, श्रीधर मास्कीराना, मुसहाङ्ग झेडी, गोपाल चौहान, रामबहादुर अस्लामी लगायतले आ–आफना भनाई राखेका थिए । संघका उपाध्यक्ष आनबहाुर सोतीको स्वागत र सचिव कमल थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %