वीर गोर्खालीहरू निर्वाचनको भ¥याङ्ग

Read Time:3 Minute, 17 Second

गोबिन्द घर्ती मगर


पौष १ । राज्यले भुपुहरुको समस्यालाई सम्वोधन गर्न नसकेको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले राजनैतिक दलहरुले भुपुहरुलाई निर्वाचनको भ¥याङ्ग मात्र बनाएको आरोप लगाएका छन् । कार्यक्रमका वक्ताहरुले वीर गोर्खालीको नाम बेचेर राजनीति गरेको आरोप लगाउदै भुपुहरुलाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।
स्वतन्त्र भूतपुर्व सैनिक कल्याणकारी परिवार देवदहको पाचौ बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । उनीहरुले संयुक्त पुर्वसैनिक महासंघ नेपालको दवावले मात्र रुपन्देहीको बुटवलमा पेन्सन क्याम्पसको निर्माण कार्य शुरु भएको बताएका थिए । सोही अवसरमा बोल्दै देवदह नगरपालिका प्रमुख हिरा बहादुर खत्रीले समाज रुपान्तरणमा भुपुहरुको अहम भूमिका रहेकोमा जोड दिए ।
खत्रीले राज्यको हरेक नीति निर्माण तहमा राजनैतिक दलहरुले भुपुहरुलाई प्रतिनिधित्व गराउनु पर्नेमा जोड दिए । नगरपालिका प्रमुख खत्रीले नगरपालिकाले अघि सार्ने योजनाहरुमा भुपुहरु संग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । भुपुहरुले उत्पादन क्षेत्रमा लगानी गरी परिवार र समाजको आर्थिक जीवन उकास्न लाग्नु पर्नेमा जोड दिए ।
परिवारका अध्यक्ष कोष बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा संयुक्त पुर्वसैनिक महासंघ नेपालका सहअध्यक्ष डा. लक्ष्मीकान्त पाण्डे, नेकपा एमालेका जिल्ला सदस्य यम राना, संयुक्त पुर्वसैनिक महासंघ नेपालका महासचिव कुल बहादुर केसी, देवदह आर्दश बहुमुखी क्याम्पस प्रमुख मित्रलाल न्यौपाने, सैनिक बोर्ड बुटवलका पुर्व सेक्रेटरी पुरन शाही लगायतले बोल्दै भूतपुर्व सैनिकहरुलाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जेष्ठ नागरिक, उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न प्रतियोगिताको समेत आयोजना गरिएको थियो । परिवारका उपाध्यक्ष खुम बहादुर सिंह ठकुरीको स्वागत र सचिव किसन बहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %