देव पचभैया
पाल्पा, मंशिर ११ – राष्ट्रिय जनमुक्ति पार्टी पाल्पाले कसेनी सराईमा चुनाबी सभा सम्पन्न गरेको छ । शनिबार भएको कार्यक्रममा जनमुक्ति पार्टीका केन्द्रिय महासचिब केशव सुर्यबंशीले संबोधन गर्नुभएको थियो । चुनाबी सभालाई संबोधन गर्दे महासचिब सुर्यबंशीले भ्रष्ट्राचारको अन्त्य र नया नेपाल निर्माणका लागी पनि जनमुक्ति पार्टी नै उत्तम रहेको बताउनुभयो ।
पछि परेका जाति, क्षेत्र, समुदाय र भुगोलका अधिकार स्थापित गर्न बर्षौ अघि देखि निरन्तर क्रियाशिसंगै जनमुक्ति पार्टीका उम्मेद्वारलाई भोट दिएर जिताउन उहाले आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टीका उपमहासचिब टोप अस्लामी, पाल्पा क्षेत्र नमम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हरी देब थापा, क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार धनकेशर सुर्यबंशी, प्रदेश नम्बर १ का प्रदेश सभा सदस्यका उम्मेद्वार भोजराज दर्जी, प्रदेश २ का प्रदेश सभा सदस्य उम्मेद्वारहरु साबित्री राना र राम अस्लामी, ५ नम्बर प्रदेशका समानुपातिक उम्मेद्वार तथा पार्टीका संघिय सभा सदस्य हुम बहादुर थापा (पचभैया) , संघिय परिसद सदस्य तथा महिला मोर्चा केन्द्रिय महासचिब गिता सारु, युवा मोर्चा पाल्पाका अध्यक्ष राधा थापा लगाएतले बोल्दै सबै नेपालीलाई एक बनाएर अघि बढ्न सक्ने पार्टी नै जनमुतिm भएको दाबी गरेका थिए ।
जनमुक्ति पार्टी पाल्पाका अध्यक्ष नारायण बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उजिर दर्लामीले गर्नुभएको थियो । जिल्ला सदस्य टेकु राम थापाको स्वागत बाट शुरु भएको कार्यक्रमको बिचमा हास्य कलाचार टार्जन रास्कोटी संगै अन्य कलाकारहरुले जनमुक्ति गित संगै सोरठी नाचमा नृत्य प्रस्तुत गरेका थिए ।
