संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्न वामगठवन्धन: प्रधानमन्त्री शेरबहादुर देउवाको आरोप

Read Time:3 Minute, 43 Second

गोविन्द घर्ती
Image may contain: 10 people, people sitting

मंसीर ९ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न वामगठवन्धन लागि परेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ ।

नेपाली काग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले नेपाली काग्रेसको नेतृत्वमा संविधान जारी भएकोले कार्यान्वयनको लागि पनि काग्रेसको नेतृत्व आवश्यक रहेकोमा जोड दिनु भयो । संयुक्त लोकतान्त्रिक गठवन्धन क्षेत्र नं १, रुपन्देहीको निर्वाचन प्रचार प्रसार तथा सम्पर्क कार्यालयको देवदहमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले लोकतान्त्रिक गठवन्धनको जीतले मात्र जनताको अधिकार सुनिश्चित हुने भएकोले लोकतान्त्रिक गठवन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नु भयो । प्रधानमन्त्री देउवाले लोकतान्त्रिक शासन व्यवस्था वा अधिनायकवादी तानाशाही कम्यूनिष्ट शासन रोज्ने बेला आएकोे बताउनु भयो । उहाले नेकपा एमाले र माओवादी केन्द्र वीच गठन भएको वामगठन्धनको सरकार आए डर, त्रासको शासन स्थापित हुने भन्दै डर, त्रास मुक्त नेपाल निर्माणको लागि लोकतान्त्रिक गठवन्धनको विकल्प नभएकोमा जोड दिनु भयो । उहाले भगवान गौतम बुद्धको मावली स्थल देवदहलाई पर्यटकीय स्थलको रुपमा विकास गरी राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा चिनाउन गुरुयोजना निर्माण गरी विकास गर्नेमा जोड दिनु भयो ।

सोही अवसरमा बोल्दै नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काग्रेसले मात्र प्राप्त अधिकारलाई कार्यान्वयन गर्न सक्ने भएकोले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक गठवन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नु भयो । उहाले नृेपालमा कम्यूनिष्ट शासन स्थापित गर्ने वामगठवन्धनको सपना कुनै पनि हालतमा पुरा हुन नदिने दावी गर्नु भयो । उहाले वामपन्थीहरुले नेपालमा एकदलिय शासान लाड्न खोजेको आरोप लगाउनु भयो ।

त्यसैगरी खानेपानी तथा सरसफाई राज्यमन्त्री एवं क्षेत्र नं १, रुपन्देहीका प्रतिनिधि सभा उम्मेदवार अव्दुल रज्जाकले लोकतान्त्रिक गठवन्धनको जीतले मात्र समृद्ध राष्ट्र निर्माण हुने दावी गर्नु भयो । नेपाली काग्रेसका क्षेत्रीय सभापति एवं निर्वाचन परिचालन समितिका संयोजक हिराबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं १, प्रदेश सभाका उम्मेदवार ताहिर अली लगायतले आ–आफना भनाई राख्नु भएको थियो । नेपाली काग्रेस देवदहका सभापति गुणखर भूर्तेलको स्वागत र बैजनाथ शाहनीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %