राष्ट्रिय जनमुक्ति पार्टीले घरदैलो, भेटघाट तथा चुनावी सभा सम्पन्न गर्यो

Read Time:2 Minute, 39 Second

सोनु थापामगर

बुटवल, मंसिर ५ – राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही क्षेत्र नं १ ले देवदह १ बिर्ता र ओमसतिया गाउँपालिका वडा नं १ मा आज मंगलबार घरदैलो, भेटघाट तथा चुनावी सभा सम्पन्न गरेको छ ।

भेटघाटको क्रममा त्यहाँका स्थानियहरुले अन्य दलहरुलाई जिताएर पठाएपनि फर्केर नआउने, स्थानिय क्षेत्रमा विकास कार्यलाई महत्व नदिने, चुनाबको समयमा भोट खरिद गर्न खोज्ने जस्ता कुराले दिक्क भएको गुनासो गर्दै यसपटक जनमुक्ति पार्टीलाई भोट दिएर विचार गर्ने बताएका छन् । मुस्लिम समुदायको बाहुल्य रहेको बिर्ता हाटबजार क्षेत्रमा विकासको कुनै पनि गुञ्जायस नै छैन । त्यहाका स्थानिय मदरसा विद्यालयहरु खुल्ला एकै बरण्डामा तीन ओटा कक्षा सम्म राखेर पढाइरहेका छन् । नेपाल भरि खुल्ला दिसामूक्त क्षेत्रको अभियान चलिरहँदा त्यहाँका कतिपय परिवारले खुल्ला ठाउँमा दिसा गर्न बाध्यता सहजै देख्न सकिन्छ । स्थानियहरुको समस्यालाई प्रत्यक्ष सुनेपछि आफ्नो प्रतिबद्धता व्यक्त गर्दै जनमुक्ति पार्टीका क्षेत्र नं १ का प्रतिनिधी सभा सदस्य उम्मेद्वार झम बहादुर गुरुङ्गले आफ्नो जीतपश्चात स्थानियका मुद्दा र समस्यालाई हरसंभव सम्बोधन गर्ने जनाएका छन् ।

कोण सभामा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय उपाध्यक्ष डाक्टर हाजी मोहमद हसन, क्षेत्र नं १ (क) का उम्मेद्वार लिलमाया राना, क्षेत्र नं १ (ख) का उम्मेद्वार आश बहादुर गुरुङ्ग, नेताहरु गीता सारु, प्रेम बहादुर थापा, मन बहादुर राना, हंसराज बेल्दार, दिलमाया गुरुङ्ग, इश्वर गुरुङ्ग लगायतले बोल्नु भएको थियो । पार्टीले रुपन्देही क्षेत्र नं २,३,४ र ५ मा पनि जनभेटघाट र प्रचारप्रसारलाई तिब्रता दिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %