मगर विद्यार्थीको वनभोजमा देउसी भैलोका कलाकार सम्मानित

Read Time:2 Minute, 2 Second

रूद्र श्रीसमगर
Image may contain: 13 people, people smiling, people sitting and outdoor

पोखरा, मंसिर  २ – नेपाल मगर विद्यार्थी संघ कास्कीले शनिबार आयोजना गरेको रमाइलो वनभोज तथा भेटघाट कार्यक्रममा २०७४ सालको तिहारमा खेलिएको देउसी भैलोका कलाकारलाई सम्मान ग¥यो ।
कार्यक्रममा देउसी भैलोमा नाचगान गर्ने कलाकारहरूसँगै दान गर्ने सहयोगदाताहरूलाई समेत सम्मान गरियो । सो अवसरमा नेपाल मगर विद्यार्थी संघकी केन्द्रीय सदस्य एवं तमुवान इञ्चार्ज दीपा थापामगरले कलाकार र सहयोगदाताहरूलाई सम्मान गर्नुभएको हो ।

कार्यक्रममा संघका केन्द्रीय सदस्य प्रेम रोकामगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर, केन्द्रीय सचिव मनोज घर्तीमगर, नेपाल मगर विद्यार्थी संघ तनहुँकी अध्यक्ष ऋतु आलेमगर, गोरखाकी अध्यक्ष सुस्मिता पुलामीमगर, लोक तथा दोहोरी गायक एवं पत्रकार छवि घर्तीमगर, नेपाल मगर लेखक संघ कास्कीकी सचिव एवं सञ्चारकर्मी कविता घर्तीमगर, सञ्चारकर्मी गोविन्द सिंजालीमगर, सञ्चारकर्मी एवं मगर चलचित्रकी नायिका प्रिया थापामगर (कमला), नेपाल मगर युवा संघ कास्कीका अध्यक्ष एवं मगर चलचित्रका नायक अशोक आलेमगरलगायतको उपस्थिति रहेको थियो ।

नेपाल मगर विद्यार्थी संघ कास्कीका अध्यक्ष दिनेश रोकामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रेम बुढामगर र उपाध्यक्ष तुलसी पुनमगरले स्वागत गर्नुभएको थियो । 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %