कतारमा नुवाकोट सेवा समाजको पाँचौं साधारणसभा भब्य सम्पन्न

Read Time:7 Minute, 36 Second

कृष्ण सारू मगर

दोहा-कतार, नोभेम्बर १८ – सेवा नै धर्म हो ” भन्ने लक्षका २००६ मा स्थापित नुवाकोट सेवा समाजले सनैया स्थित ग्रिन रेष्टुरेन्टको सभाहलमा पाँचौं साधारणसभा भब्य सम्पन्न गरेको छ ।

सफलता पूर्वक दुई कार्यकाल सम्म नेतृत्व सम्हालेका हरिकृष्ण रिमालले आफ्नो कार्य समिति पुर्णरूपमा विघटन भएको घोषणा पश्चात् सर्वसम्मतिले पारित भई निर्वाचित भएका २१ सदस्यीय पदाधिकारीहरूको नामावली अनिल तामाङ्गले सार्वजनिक गरेको हो ।

नवनिर्वाचित पदाधिकारीहरूको नामावली क्रमशः
अध्यक्षमा हरिराम खड्कालाई सर्वसम्मतिले निर्विरोध चयन भएका हुन् । प्रथम उपाध्यमा विष्णु भण्डारी, द्धितिय उपाध्यक्षमा गोमा खड्का, र तृतीय उपाध्यक्षमा बच्चुराम प्याकुरेल रहेका छन् ।

यसैगरी महासचिवमा देपेन्द्र घले तामाङ्ग, सचिवमा लक्ष्मण लामिछाने र सह-सचिवमा कुसुम लोप्चन तामाङ्ग रहेकी छन् ।
कोषाध्यक्षमा नन्दराम सुवेदी र बालकृष्ण गिरीलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको छ ।

सदस्यहरू क्रमशः
अजित कुमार थापा मगर, दिपक थापा मगर, कान्छामान तामाङ्ग, दिनेश मिश्र, मान बहादुर तामाङ्ग, दिपक खड्का, सन्दिप तामाङ्ग, सुदर्शन अधिकारी, नविन बस्नेत, पुरूषोतम गिरी, डा घले तामाङ्ग, हरीराम रिमाललाई सर्वसम्मतिबाट समाजको सदस्यमा मनोनीत भएका हुन् ।

गृह जिल्ला तथा विभिन्न समाजिक कार्यलाई तिब्र गतिमा निकै उधारणीय कार्य गरेको समाजको प्रगति विवरणलाई समाजका का.बा महासचिव नन्दराम सुवेदीले प्रस्तुत गरे । कोषाध्यक्ष दिपु ढकाललाई अस्वस्थ भई प्राविधिक समस्याको कारणले गर्दा सुवेदीले नै आर्थिक प्रतिवेदनको विवरणलाई सार्वजनिक गरी समाजका नवनियुक्त अध्यक्ष हरिकृष्ण रिमाललाई बुझाएको हो ।

नुवाकोटको ऐतिहासिक, धार्मिक साँस्कृतिक तथा पर्यटकीय संग गाँसिएका परापूर्वकाल देखि वर्तमानको विविध विषयमा पुरूषोतम गिरीले प्रस्टाएका थिए ।

स्वदेशी मातृभूमि पहिलो र प्रदेश दोस्रो घर रहेको बताएका सल्लाहकार देवेन्द्र घले तामाङ्गले भने, दोहा-कतारलाई कर्मथलोका रूपमा बस्दै आउनु भएका नुवाकोटवासी दाजु-भाई तथा दिदी-बहिनीहरूलाई विशुद्ध समाजको छाता भित्र एकिकृत हुन आग्रहसमेत गरेका तामाङ्गले भने, घर बलियो भए समाज बलियो हुने बताएका उनले सबै जुटेर समाजको आर्थिक, समाजिक संगठनिक अझ बलियो बनाउन आग्रह समेत गरेका छन् ।

गएको १२ र २९ वैशाख २०७१मा घटेको अकल्पनीय घटना महाविनासकारी प्राकृतिक प्रकोप भुकम्प तथा पटकपटक आएको पराकम्पनबाट जिर्ण अवस्थामा रहेको नुवाकोट स्थित गृह जिल्लाको मुख्य ऐतिहासिक धरोहर सात तले दरवारलाई संरक्षण-संवर्द्धन गर्न राज्यलाई पहल गर्न जोड दिनु पर्न धारणा राख्दै राष्ट्रिय लोक तथा दोहोरी गायिका नानू घले तामाङ्ग लगायत विभिन्न कलाकारहरूको साँगितिक प्रस्तुतिले उपस्थित सबैलाई भरपुर मनोरञ्जन गराएको थियो ।पाँचौ साधारणसभालाई थप आकर्षण दिलाउन बैगुनी प्रति लक्षित गर्दै लम्जुङ्ग सेवा समाजका सिताराम थापाले “तर के गर्नु खै” शिर्षक गजल समेत प्रस्तुत गरेका थिए ।

दोहामा कृयाशील विभिन्न जातीय, क्षेत्रीय, वर्गीय, धार्मिक तथा साँस्कृतिक संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न मिडियामा आवद्ध पत्रकारवंधु, बुद्धिजीवी तथा समाजसेवी, विशिष्ट ब्याक्तित्वहरूलाई कुसुम लोप्चन तामाङ्ग, गोमा खड्का, प्रतीक्षा लोप्चन तामाङले अतिथि सत्कार गरेकी हुन् ।

समाजलाई विभिन्न कोणबाट तन, मन, वचन र कर्मले साथ सह्योग पुर्‍याउने विभिन्न ब्याक्तित्वहरूलाई कदर-पत्र, प्रशंसा-पत्र र सम्मान-पत्र प्रमुख अतिथि, विशेष अतिथिहरूको सह्योगमा सभापतिले सामुहिक रूपमा समाजले क्रमशः प्रदान गरिएको थियो ।

कास्की आदर्श सेवा समाजका अध्यक्ष मनकुमार राना मगरले नुवाकोट समाजले गरेका स्रहानिय कार्यको खुलेरै प्रशंसा गरेका उनले जिल्ला संस्थाको प्रतिनिधित्व गर्दै, शुभकामना दिए ।
Image may contain: 43 people, people smiling, people sitting

पाँचौ साधारणसभालाई सम्बोधन गर्दै, प्रमुख अतिथि नेपाली राजदुतावासका प्रथम सचिव नितेश सापकोटा, विशेष अतिथि गैर आवासीय नेपाली संघका उपाध्यक्ष सुदर्शन भट्ट, नेपाली जनसम्पर्क समितिका महामन्त्री मो. अजिज अली लगायतका विभिन्न अतिथिहरू वक्ताहरूले आ-आफ्नो धारणा राख्दै सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरूलाई अग्रिम शुभकामना तथा बधाई दिएका थिए । यसैगरी साउदी अरबको जेल जीवन पाएका आरोपित रामचन्द्र तिमिल्सिनालाई मृत्युको मुखबाट छुटकारा दिलाउन संसारका नेपालीको एकताले नै सफलता पाएको काभ्रेपलान्चोक सेवा समाजका अध्यक्ष नन्द प्रसाद ढुङ्गानाले एकता नै बलको उधारण दिए ।

कुटनैतिक नियोग नेपाली दुतावासका द्धितिय सचिव नितेस सापकोटाको प्रमुख आतिथ्यतामा पाँचौ साधारणसभा भब्य सम्पन्न भएको कार्यक्रमलाई समाजकी द्धितिय उपाध्यक्ष गोमा खड्काको स्वागत तथा बिकास लामा तामाङ्ग रअनिल तामाङ्गको संयुक्त संचालनमा संपन्न भएको पाँचौ साधारणसभाको सभापतित्व समाजका अध्यक्ष हरिकृष्ण रिमालले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %