जनमुक्ति पार्टीले ३८ बुँदे घोषणा पत्र अनुसार काम नगरेमा जनतालाई राईट टु कोर्टको व्यवस्था

Read Time:4 Minute, 31 Second

सोनु थापामगर
Image may contain: 4 people, people sitting

बुटवल, मंसिर १ । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय उपाध्यक्ष डा. हाजि मोहमद खाँले सामाजिक, आर्थिक लगायत सबै किसिमका विभेद्को अन्त्य र समतामूलक राष्ट्र नेपाल निर्माणका लागि जनमुक्ति पार्टीका उम्मेद्वाहरुलाई जिताउन आग्रह गर्नुभएको छ ।

तिलोत्तमामा आफ्नै पार्टी कार्यालयमा आज पार्टीको रुपन्देही जिल्लाको मूख्य निर्बाचन प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले अहिले सम्म शासन सत्ता हातमा लिएर देश चलाएका पार्टीहरुले देशलाई उँधोगति तर्फ धकेलेकाले अब जनताहरुले कस्तो पार्टीलाई चुन्ने भनेर सहि मौका आएकाले यस विषयमा जनतालाई नचुक्न समेत आग्रह गर्नु भयो ।

सोही अवसरमा पार्टीका पाँच नं प्रदेश प्रचार प्रसार संयोजक दल बहादुर विरकट्टाले अबको देशको वर्तमान समस्याको निकासका लागि एक मात्र पार्टी राष्ट्रिय जनमुक्ति पार्टी रहेको दावी गर्नुभयो । अहिले दलहरु जित्नका लागि मात्रै गठबन्धन गरेर क्षणीक विकासे मुद्दा अघि सारेकाले जतनताहरुलाई सरासर गुम्राहमा पारेको आरोप लगाउनु भयो । कार्यक्रममा बोल्दै क्षेत्र नं १ का प्रतिनिध सभाका प्रत्यक्ष उम्मेद्वार झम बहादुर गुरुङले आफ्नो पार्टीले सार्बजनिक गरेको ३८ बुँदे घोषणा पत्र स्मरण गराउँदै ती उल्लेख भएका  बुँदाहरु जीतपछि कार्यान्वयन नगरेमा जनताहरुले आफुलाई जुनसुकै कारबाही गरेपनि भोग्न तयार रहेको बताउनु भयो । पार्टीले जनतासमक्ष बोलेका प्रतिबद्धता र घोषित कार्यक्रम अनुसार काम नगरेमा जनतालाई राईट टु कोर्टको व्यवस्था गर्ने आफ्नो पार्टीको महत्वपूर्ण निर्णय चुनाबी दस्तावेजमा उल्लेख रहेको र कुनै पनि पार्टीले अझै सम्म यो व्यवस्था कायम गर्न नसकेकाले जिताएमा जनतालाई कुनै किसिमको अन्याय नहुने भन्दै आफुलाई जिताउन आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टीका प्रदेश सभा सदस्य तर्फका क्षेत्र नं १ र २ का उम्मेद्वारहरु लीलमाया राना र आस बहादुर गुरुङले सबै पार्टीले गर्छु भनेका काम आफ्नो पार्टीले पनि अक्षरसः गर्ने र त्यसबाहेक बिना भ्रष्टाचार, पारदर्शी रुपमा जनताको शासनको प्रत्याभूति दिलाउने भएकाले चुनाब चिन्ह घरमा मतदान गरेर जिताउन आग्रह गर्नुभयो ।

राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र नं १ का संयोजक प्रेम बहादुर थापाको अध्यक्षता तथा सचिव दिलमाया गुरुङ्गको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसबैबीच पार्टीले रुपन्देही क्षेत्र नं २ अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं ३ गोलपार्क, दरबारलाइन, ज्योतीनगर लगायत क्षेत्रमा घरदैलो अभियान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । अभियान पछि भएको कोण सभामा पार्टीका केन्द्रिय नेता क्या. भिम बहादुर राना,क्षेत्र नं का उम्मेद्वार केबी पुन, पार्टीका क्षेत्र नं २ का इन्चार्ज दुद्ध बहादुर गुरुङ्ग लागयतले बोल्दै जनमुक्ति पार्टीको भ्रष्टाचार विरुद्धको मुद्दामा ब्यापक जनसमर्थन रहेको बताउनु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %