बहराईनमा पहिलोपटक लाइभ फ्युजन रक ब्याण्ड र दोहोरि धमाका एउटै मञ्चमा हुँदै

Read Time:2 Minute, 38 Second

कृष्ण सारू मगर
Image may contain: 3 people, people playing musical instruments and text

मानमा/बहराईन, नोभेम्बर १२ – विगतका वर्षमा झै यसवर्ष पनि मध्ये पुर्वीय राष्ट्र बहराईनको राष्ट्रिय दिवसको अवसरमा नेपाली क्लबले आगामी १५ डिसेम्बर २०१७ सुक्रबारका दिन राष्ट्रियता र नेपाली समुदायको मौलिक पहिचान संगै नेपाली कला, संस्कृतिको संरक्षण-संवर्द्धन तथा प्रवर्द्धनलाई जिवन्त राख्नको लागि बहराईनको राजधानी मानमा स्थित (गोल्ड सिटिको ठिक अगाडी) डेलमन इन्टरनेशनल होटेलमा “नेपाली सांगीतिक साँझ – २०१७ ” को आयोजना गर्न लागेको हो ।

चर्चित रक ब्याण्डका एड्रिन प्रधान एण्ड फ्रेन्ड्स (1974AD), राष्ट्रिय लोक तथा दोहोरी गायक संजय गुरूङ्ग, आधुनिक तथा लोक दोहोरि गायिका रिता के. सी.लाई ख्यातिप्राप्त स्थानीय कलाकारहरूको बेजोड प्रस्तुतिले साथ दिने छन् । क्लबको नियामित मासिक पाँचौं बैठकले पारित निर्णय अनुसार माथि उल्लेखित निम्न चर्चित राष्ट्रिय कलाकारहरुलाई नेपालबाट आमन्त्रण गरिएको क्लबका अध्यक्ष कमल श्रेष्ठले हामीलाई बताए ।
Image may contain: 2 people, people smiling, text

बहराईनमा स्थापित विभिन्न जातीय, क्षेत्रीय, वर्गीय, धार्मिक तथा साँस्कृतिक विभिन्न कृयाशील सामाजिक संघ, संस्थाहरु, कलाकारहरू विभिन्न मिडियामा आवद्ध पत्रकारवन्धुहरू, उधोग-व्यावसायी लगायत बहराईनलाई कर्मथलो बनाउँदै रहनु भएका सम्पूर्ण गीत संगीत प्रेमी आदरणीय नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा नेपाली क्लब बहराइनले आयोजना गरेको “नेपाली सांगीतिक साँझ – २०१७ ” कार्यक्रमलाई भब्य, सभ्य र सौहार्दपुर्ण वातावरणमा सफल गराउन सम्वन्धित सबैमा उपस्थितिको लागि आयोजक समिति परिवारले हार्दिक अनुरोध गरेको छ ।

नोट: थप जानकारीको लागि निम्न तपशील सम्पर्क गर्न हुन ! ३३४२१६६०, ३६८७९९५५, ६६३००१२७, ३६८१७५५७, ६६३४७७८८, ६६३३२०८२

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %