पोखरामा खुर्पेटो च्यारिटी-शो सम्पन्न

Read Time:3 Minute, 24 Second

बिश्वास मगर

काठमाण्डौ, कार्तिक २७ – मिफ्रुङ्ग फिल्म प्रोड्क्सन प्रालीको पहिलो ब्यानर निर्माण भएको मगर कथानक नेपाली भाषाको चलचित्र “खुर्पेटो” को पोखरामा च्यारिटी शो प्रर्दशन भएको छ ।

मगरको पहिचान मुलक राष्ट्रिय झण्डामा अंकित खुर्पेटो देश बाहिर र देश भित्र बिभिन्न ठाउँमा देखाउने अभियानको रुपमा पोखरामा पनि नेपाल मगर महिला सघ कास्कीको आयोजनामा यही कार्तिक २५ गते शनिबार पोखराको बुद्द चोक स्थित कान्तिपुर पार्टी प्यालेसमा च्यारिटी शो प्रर्दशन भएको हो ।

राजेन्द्र आलेको निर्माण र बिश्वास मगरको लेखन तथा निर्देशनमा निर्माण भएको खुर्पेटो यस अघी देश बाहिर युके, कुबेत र देहरादुन सगै नेपालको बिभिन्न ठाउमा च्यारिटी शो भएको थियो । काठमाण्डौ, तनहुँको दमौली, काभ्रेको बनेपा, सुर्खेत, बुटवलको मोतिपुर, नवलपरासीको बर्दघाट, चितवन, स्याङ्जाको चित्रे सगै यो आठौ च्यारिटी शो हो ।

उक्त च्यारिटी शोमा छोटो परिचयात्मक कार्यक्रममा सभापतिमा नेपाल मगर महिला सघ कास्कीका अध्यक्ष तथा समाजसेबी लेखक बुद्दिजिबी  फुल कुमारी थापा मगर रहनु भएको थियो । साथमा बिशिष्ट अतिथीमा मगर चलचित्र कर्मी सघ नेपालका उपाध्यक्ष तथा बरिष्ठ चलचित्रकर्मी  लेखक तथा निर्देशक तथा रैया चलचित्रका निर्देशक  मेजन पुन, बरिष्ठ प्राबिधिक निर्देशक तथा छायाकार सन्तोष पिठाकोटेका साथै अतिथीमा मिफ्रुङ्ग फिल्म प्रोडक्सन प्रालीका अध्यक्ष तथा खुर्पेटो चलचित्रका कथाकार भिम राना मगर र मिफ्रुङ्ग फिल्म प्रोडक्सन प्रालीका सचिब तथा खुर्पेटो चलचित्रका लेखक तथा निर्देशक बिश्वास मगर रहनु भएको थियो भने कार्यक्रम सन्चालन नेपाल मगर महिला सघ कास्कीका उपाधक्ष्य नुनु माया राना मगरले गर्नु भएको थियो ।

छोटो परिचय पछी सुरु भएको च्यारिटी शोमा समाज सेबी, राजनितिज्ञ, शिक्षक, बिद्याथी, फिल्म कर्मी, सन्चार कर्मी, पत्रकार, देखी लिएर साना-साना केटाकेटी देखी बुढाबुढी सम्मले दुई घण्टा २५ मिनेट बसेर खुर्पेटो हेर्नु भएको थियो । खुर्पेटो हेरिसके पछी धेरै ले फिल्मको सकरात्मक समिक्ष्या र प्रतिकृया दिनु भएको थियो । च्यारिटी शो १२ बजे र ३ बजे गरी दुई शो चलेको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %