भावेशको प्रसिद्ध गीतको म्युजिक भिडियो (भिडियोसहित)

Read Time:2 Minute, 29 Second
कृष्ण सारू मगर

काठमाण्डौ – गीतकार भावेश भुमरीको एकल रचनाको एल्बम ‘भूमिका’मा रहेका लोकप्रिय गीतहरूमध्ये एक गीत हो- “तिमी छैनौ र मलाई हर क्षण तिम्रो अभाव छ, सधैँ सम्झिन्छु तिमीलाई र त बिर्सने दबाव छ…” । यस गीतमा रीमा गुरुङ होडाको स्वर र सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ । भिडियोको जमाना भए तापनि यस गीतले अडियोबाटै धेरै प्रसिद्धि हासिल गर्ने सफलता पाएको हो । रचना अनि स्वर विधामा दुई दुईवटा अवार्ड प्राप्त प्रस्तुत गीत विभिन्न रेडियो र एफएमहरूमा निरन्तर रूपले बज्दै आयो र बजिरहेकै छ ।

 
सुरप्रभा गीत सङ्गीत (प्रा लि.)को युटुब च्यानलबाट आएको यस म्युजिक भिडियोलाई यहाँहरू सबैले हेरेर, प्रतिक्रिया लेखेर, शेयर गरेर अनि सुरप्रभा गीतसङ्गीतको युटुब च्यानललाई सब्स्क्राइब गरेर सह्योग गरिदिनुहुन कवि तथा यसगीतका सर्जक भावेश भुमरीले अनुरोध गरेका छन् ।https://www.youtube.com/watch?v=fgMsM5P_1Ec
 
अडियोबाटै नेपाली गीत सङ्गीतका स्रोताहरूको मन मनमा बस्न सफल यस गीतको भिडियो भने अलि ढिलो गरी बनेको छ । वैदेशिक रोजगारका लागि दुवर्इमा बस्दै आएका नेपालका कालाकारहरूले यस गीतको भिडियो बनाएका हुन् । यस गीतलाई निर्देशक केशव कटवालले निर्देशन गरेका छन् भने रवीन, माया, गोपाल र रोमेक्सले अभिनय गरेका छन् । लोकराज पाण्डेले क्यामराम्यानको भूमिका निर्वाह गरेको यस गीतको भिडियोलाई देवकुमार श्रेष्ठले सम्पादन गरेका छन् भने कलर संयोजन टेकेन्द्र शाहले गरेका छन् । दुवर्इका विभिन्न ठाउँमा छायाङ्कन गरिएको र सबै पक्षबाट मेहनत भएको यस गीतको भिडियोले दर्शकहरूको राम्रोसँग मन जित्न थालेको छ ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %