प्रजनन स्वास्थ्य सम्वन्धी तालिम सम्पन्न

Read Time:2 Minute, 15 Second

गोविन्द घर्ती
Image may contain: 4 people, people sitting

कार्तिक २६ । चेली कषि सहकारी संस्था देवदहको आयोजनामा एक दिने प्रजनन स्वास्थ्य सम्वन्धी तालिम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सावित्रा वस्यालको अध्यक्षता र देवदह स्वास्थ्य चौकीका प्रमुख रेमबहादुर दिसाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो अवसरमा बोल्ने वक्ताहरुले सहकारीहरुले आर्थिक विकास संगै रुपान्तरणमा समेत योग्दान दिनु पर्नेमा जोड दिएका थिए । उनीहरुले स्वास्थ्य मानवको प्रमुख सम्पत्ति भएकोले स्वास्थ्यलाई बढि ख्याल गर्नुपर्ने र सहकारीहरुले स्वास्थ्य सम्वन्धी जनचेता जगाउनु पर्ने बताएका थिए । सो अवसरमा बोल्दै देवदह स्वास्थ्य चौकीका प्रमुख दिसाले अहिले रुपन्देहीको देंगु रोगको महामारी फैलिरहेकोले आ–आफना घर नजिकै सरसफाई गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा देवदह बचात तथा ऋण सहकारी संस्थाका अध्यक्ष ऋषिराम सापकोटा, गाउ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, नवप्रभाव महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नर्मिला अधिकारी, केआई नेपालका उषा गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो । के आई नेपाल र नमूना एकिकृत विकास परिषदको सहयोगमा उक्त तालिम सम्पन्न भएको हो । संस्थामा आवद्ध महिलाहरुको सहभागिता रहेको कार्यक्रममा नमूना एकिृकत विकास परिषदका संगीता चौधरीले सहजीकरण गर्नु भएको छ । संस्थाका कोषाध्यक्ष जमुना रेग्मीको स्वागत र व्यवस्थापक फुलमाया श्रीषको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %