नेवि संघ म्याग्दे गाउँपालिकाको निर्वाचन परिचालन भेला सम्पन्न

Read Time:2 Minute, 43 Second

विकाशको गतिलाई तिव्रता दिनेमा पूर्व मन्त्रि भण्डारीको जोड

विनोद रखाली मगर
Image may contain: 5 people, outdoor

तनहुँ, कात्तिक २५ – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री हाल तनहुँ क्षेत्र न. २ मार्फत प्रतिनिधिसभा सभाका उमेद्वार शंकर भण्डारीले गाउँ गाउँमा शिक्षा स्वास्थ्य यातायात लगाएतका विकाशको पुर्वाधार नेपाली काङ्ग्रेसले सुरुवात गरेको वताउदै उक्त कार्यभार सम्पन्न गर्न नेपाली काङ्ग्रेसकै आवश्यक्ता रहेकोमा जोड दिनुभयो ।

नेता भण्डारीले विकाशका लागी यो क्षेत्र र त्यो क्षेत्र नहुने भन्दै आँफु समग्र तनहुँ जिल्लाको विकाशमा तल्लिन रहेको र कुनै शकां नगर्न कार्यकर्ता सामु प्रस्ट्याउनुभयो । नेपाल विद्यार्थी संघ म्याग्दे गाउँपालिका निर्वाचन परिचालन तथा समन्वय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस समानुपातिक उमेद्वार श्यामकृष्ण मल्ल, म्याग्दे गाउँपालिका प्रमुख मायादेवि राना मगर, उप प्रमुख बालकृष्ण घिमिरे, नेपाली काङ्ग्रेस म्याग्दे गाउँपालिका सयोंजक प्रेम बहादुर थापा, म्याग्दे गाउँपालिका वडा का तर्फदेखि शिवसरण वाग्ले, सम्पूर्ण तरुण युवा तर्फ देखि नरसिंह राना मगर लगाएतले निर्वाचन सन्दर्भमा आफ्ना विचारहरु व्यक्त गर्नुभएको थियो ।

म्याग्दे गाउँपालिका स्थीत विभिन्न विद्यालयका विद्यार्थीहरु लगाएत तरुण युवाहरुको उल्लेख सहभागिता रहेको उक्त कार्यक्रम नेपाल विद्यार्थी नेपाल बिद्यार्थी संघ म्याग्दे गाउँपालिकाका सह सयोंजक सुन्दरमणि अधिकारीको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको सन्चालन कुसुम रखाली मगर र नेवि संघ म्याग्दे गापाका सयोंजक गौरवराज राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %