धनकुटा समाजले आगलागी पिडित जिमिका परिवारलाई दिए राहत

Read Time:3 Minute, 18 Second

कृष्ण सारू मगर
Image may contain: 5 people, people smiling, people standing, outdoor and nature

दोहा-कतार, नोभेम्बर  ११ – धनकुटा प्रवासी सेवा समाज कतारले गृह जिल्लामा भएको आगजनीबाट पिडित परिवारलाई तत्कालको समस्या समाधानका लागि महालक्ष्मी न.पा. वार्ड नं-४ की महिला सदस्य ईन्द्र कुमारी सारु मगरको नाउँमा समाजका कोषाध्यक्ष प्रेम बहादुर जिमीले ६ नोभेम्बर २०१७का दिन अल जजिरा एक्सचेञ्ज बाट पठाएका हुन् । सो रकम साविक चानुवा गाविस वार्ड- नं-८ हाल महालक्ष्मी न.पा बस्ने आगलागीबाट पिडित तेज बहादुर जिमीका परिवारलाई आर्थिक सह्योग गरेको हो ।

महालक्ष्मी नगरपालिका वार्ड नं-४ की महिला सदस्य ईन्द्र कुमारी सारु मगरले धनकुटा प्रवासी सेवा समाजले प्रवासमा रहेर पनि आफ्नो देश, जिल्ला र गाउँको विकास तथा आपत बिपतमा सह्योग निकै प्रशंसनीय तथा उधारणीय कार्यको प्रसंशा गरेकी उनले आगामी दिनहरूमा समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था, संगठन संग समन्वय सहकार्य गरी समाजिक सद्भाव भातृत्व एकता गर्दै समाजको अझ उत्तरोत्तर प्रगतिको कामना गरेकि उनले थप्दै भनेकी छिन् यो चिसो मौसमलाई छिचोल्न निकै कठिन दिन काटेका ती आगलागीबाट पिडित जिमीका परिवारलाई कतारमा स्थापित धनकुटा समाजले गरेको पुण्य कार्यको खुलेरै प्रशंसा गरे ।

जि.प्र.का धनकुटाको ई.प्र.का.चानुवाका प्रहरी चौकीका प्रमुख जुलुम कुमार चौधरीको प्रहरी टोलीको प्रारम्भिक अनुसन्धान रिपोर्टिङ पत्र सं.नं- २०७४/०७५ चलानी नं-१५ तथा महालक्ष्मी नगरपालिका चानुवाका वडाध्यक्ष यज्ञ बहादुर चापागाईको सिफारिस पत्र सं-२०७४/०७५ चलानी नं- १८६ को सिफारिस अनुसार समाजले संस्थाको कोष तथा इच्छुक व्यक्तिहरुको सह्योगमा उक्त रकम संकलन गर्न सफल भएको हो । समाजका महासचिव रबिन मगरले हामीलाई  जानकारी दिए ।
No automatic alt text available.

“धनकुटा प्रवासी सेवा समाजको चाहना, शुद्द सामाजिक भावना” भन्ने मूल नाराका साथ दोहा-कतारमा २००४मा स्थापित भएको समाजका अध्यक्ष ललित लिम्बूले हामीलाई बताए ।

धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–४ चानुवा स्थित जिमीगाउँमा गत १४ कार्तिक २०७४का दिन राति करिब १० बजेको समयमा आगलागीबाट स्थानीय तेजबहादुर जिमीको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %