जनउत्थान दुग्ध उत्पादक सहकारी संस्थाको २१ औ बार्षिक साधारणसभा सम्पन्न

Read Time:3 Minute, 5 Second

गोविन्द घर्ती
Image may contain: 12 people, people sitting and table

कार्तिक २५ । राज्यले प्रदान गर्ने राहत वास्ताविक किसान समक्ष पुग्न नसकेको रुपन्देहीको देवदह–२, ढेकावमार आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

उनीहरुले राज्यको गलत कृषि नीतिका कारण कृषकहरु मर्कामा परेको बताएका थिए । जनउत्थान दुग्ध उत्पादक सहकारी संस्था देवदह–२, ढेकावरको २१ औ बार्षिक साधारणसभा तथा ८ औं अविधेशनमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । सो अवसरमा बोल्दै जिल्ला दुग्ध उत्पादक सहकारी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डेले सहकारी मार्फत आर्थिक बृद्धि गरी समृद्ध समाज निर्माण तर्फ लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले दीगो आर्थिक विकासको लागि सहकारीको विकल्प नभएको बताउदै स्थानीय निकायले पशु र कृषिको क्षेत्रमा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनु भयो । अध्यक्ष पाण्डेले आर्थिक समृद्धिले मात्र समाजको विकास हुने हुदा अव त्यसको नेतृत्व सहकारीले लिनु पर्ने बताउनु भयो । उहाले लागत मूल्य घटाउन घासखेतीलाई प्राथमिकता दिनु पर्ने र त्यसको समन्वय स्थानीय निकायले गर्नुपर्ने बताउनु भयो ।

संस्थाका अध्यक्ष बोधराज गौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी डेरी उद्योगका संचालक विक्रम रिजाल, देवदह–२, का वडा अध्यक्ष धर्मागत पाण्डे, वडा नं १, का वडा अध्यक्ष रमेश भूषाल, केरवानी खानेपानीका अध्यक्ष प्रजापति सापकोटा, केरवानी साना किसान कृषि सहकारीका अध्यक्ष शिवधारी अहिर, कामधेनु दुग्ध उत्पादक सहकारीका विष्णुप्रसाद अर्याल, सफल डेरी उद्योगका सूर्यकान्त रेग्मी लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा बार्षिक रुपमा बढि दुध ल्याउने कृषक दलबहादुर विरकट्टा, गुणस्तरीय दुध ल्याउने सुरेश भरलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष गौडेलले बार्षिक प्रगति प्रतिवेदन र भावी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । लेखा संयोजक पिताम्वर खरेलको स्वागत र उपाध्यक्ष विष्णु पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %