अखिल नेपाल महिला संघ महानगर समितिद्वारा निर्वाचन प्रचारप्रसार समिति गठन

Read Time:1 Minute, 11 Second

रुद्र श्रीसमगर

पोखरा, कार्तिक २३ – नेकपा (एमाले)निकट अखिल नेपाल महिला संघ पोखरा लेखनाथ महानगर समितिद्वारा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरूलाई जिताउन निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ ।

मंगलबार भएको भेलाले महानगर समिति अध्यक्ष गंगा कुँवरको संयोजकत्वमा ५ सय १ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको हो । त्यस्तै, भेलाले वडा नं. ३ मा पनि वाम गठबन्धन संयुक्त महिला प्रचारप्रसार समिति गठन गरेको छ । अखिल नेपाल महिला संघकी वडा अध्यक्ष राजकुमारी भुजेल संयोजक र माओवादी केन्द्रनिकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की सुमिता बस्नेत सह–संयोजक रहने गरी २ सय ५१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको हो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %