‘कमल चौधरी

बुटवल – राष्ट्रय जनमुक्ति पार्टीका महासचिव केशव सुर्यवंशीले बाम गठबन्धनले देशको निकास दिन नसक्ने बताए । उनले मंगलबार बुटवलको ट्रफिक चोकमा आयोजित राष्ट्रिय जनमुक्ति पार्टीको प्रतनिधि तथा प्रदेश सभाको निर्वाचन–२०७४ को सन्दर्भमा आयोजित वृहत घोषण सभालाई सम्बोधन गर्दै यस्तो भनेका हुन् ।
महासचिव सुर्यवंशीले बम गठबन्धनको नाममा अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जनतालाई झुक्काउने षडयन्त्र गरेको अरोप लगाउँदै बम होइन खाम गठबन्धन गरेको ठोकुव समेत गरे । खाम गठवन्धनले चुनाव जित्न नसक्ने भएपछी बम गठबन्धनको नौटङ्गी गरेको भन्दै अब देशको निकासको लागि ‘खाम’ गठबन्धनलाई नभएर प्रतनिधि तथा प्रदेश सभाको निर्वाचनमा बुझेर जनताहरुले मत हाल्नुपर्ने बताए ।
अब मत हालेर मात्रै हुदैन आम जनताहरुलाई पनि उत्पीडित, आदिवासी, जनजाति, मुस्लीम, महिला, दलित समुदायको अधिकार सुनिश्चित गर्ने पार्टीलाई बुझ्न र बुझाउनुपर्ने महासचिव सुर्यवंशीले जोड दिए । मुलुक अहिले भष्ट्रचारीको द्वद्धमा फसेको भन्दै उनले सानो देखी ठुलो जुनसुकै निकायमा भष्ट्रचार गर्ने नेपालीलाई देश द्रोहीको रुपमा जन्म कैद सजाय हुनुपर्ने भन्दै भष्ट्रचारीलाई सजय दिए देश विकासको गतिमा जाने बताए ।
उनले जब सम्मा मुलुकमा भष्ट्राचारीलाई राजनैतिक पार्टीहरुले संरक्षण गर्दै मौलाउदै जान्छन्, तब सम्मा मुलुको निकास र विकास हुन नसक्ने ठोकुवा समेत गरे ।
कार्यक्रममा संघीय परिषद सदस्य तथा विदेश विभाग प्रमुख कमला थापा, संघीय परिषद् सदस्य तथा अनुगमन तथा मुल्यङ्कन समितिका सचिव अशोक पुन, संघीय परिषद् सदस्य हाँजी महमद खाँण, संघीय परिषद् सदस्य तथा प्रस्तवीत उम्मेद्वार दल बहादुर विरकट्टा, अधिबक्ता तथा लुम्बिनी राज्य परिषद्का उपाध्यक्ष बाल किशोर राना, राष्ट्रिय युवा महासंघका अध्यक्ष शंकर गाहा, जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्ग लगायतले बोल्दै मुलुकको निकास दिने एक मात्र पार्टी राष्ट्रिय जनमुक्ति पार्टी रहेको बताए । संघीय परिषद् सदस्य होमाया गुरुङ्गको अध्यक्षता, महिला मोर्चाका महासचिव गिता सारुको संचालनमा सभा कार्यक्रम सम्पन्न भएको थियो ।
‘जनमुक्तिले जनतालाई मुक्ति दिन्छ’
तिलोत्तमा –१४ भलवारी निवासी ७२ बर्षिय सुरमाया गुरुङ्गले राष्ट्रिय जनमुक्ति पार्टीले जनतालाई मुक्ति दिन्छ, त्यसैले एक मुठी शास रहुन जेल यसै पार्टीमा क्रियाशिल रहिरहने बताईन् । सभामा आएकी उनले भनिन्–‘म धेरै पहिले देखि जनमुक्ति पार्टीमा भोट हाली रहेको छु । राष्ट्रिय जनमुक्ति पार्टी मन परेरनै कार्यक्रममा आएको बताईन् ।’
त्यस्तै देउ कुमारी वि.क. को उमेर पनि ६० कटेको छ । उनी आफ्नो समुदायको अधिकार र पहिचान स्थापित गर्न सकिन्छ, की भनेर जनमुक्ति पार्टीमा लागेको बताईन् । कुराकानीकै क्रममा वि.क.ले अन्य पार्टीले सात्तामा पुगेपनि दलित समुदायको अधिकार सुनिश्चित नगरेकोले यस जनमुक्ति पार्टीमा लागेको प्रतिक्रिया दिईन् । ७५ बर्षिय सुरमाया गुरुङ्गको भनाई त्यस्तै छ । जनमुक्तिको चुनावी साभामा आएका उनी ‘पिटे पनि आमा जति हारेजितेपनि जनमुक्ति पार्टी नै जति’ भएर नै जनमुक्ति पार्टीमा लागेको बताईन् । त्यस्तै तिलोत्तमा निवासी गौमती पुनको भनाई पनि जनताको मुक्तिकै लागि आफूहरु संक्रिया रुपमा राजनीतिमा लागेको भनाई छ ।
जनमुक्ति पार्टी प्रवेश गर्नेको उइरो
राष्ट्रिय जनमुक्ति पार्टीको प्रतनिधि तथा प्रदेश सभाको निर्वाचन– २०७४ को सन्दर्भमा मंगलबार बुटवलमा आयोजित वृहत घोषण सभा कार्यक्रममा सयौंको संख्यमा राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी, समाजबादी फोरम, नयाँ शंक्ति, रापरापा लगायतका पार्टी परित्यग गरी सयौंको संख्यमा राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेको पार्टीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गले बताए ।
माओवादी पार्टी परित्यग गरी राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका विनोद यादवले माओवादीको कुनै उद्देश्य नरहेकोले आफू सात्तामा पुगेर पनि उत्पीडित जातजाति समुदायको अधिकार सुनिश्चित गर्न नसक्नुको कारणले नयाँ विकल्प खोज्दै जनमुक्ति पार्टीमा प्रवेश गरको उनको भनाईछ । उनले राष्ट्रिय जनमुक्ति पार्टीले संवै जत जाति समुदायको अधिकार सुनिश्चित गरेकोले जनमुक्ति पार्टीमा प्रवेश गरेको जिकीर गरे । त्यस्तै राष्ट्रिय प्रजतन्त्र पार्टी परित्यग गरेका रुजाल यादवले राष्ट्रिय जनमुक्ति पार्टीको विचार र सिद्धान्त मन परेर राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेको बताए ।
उनले अब देश र जनताको अधिकार सुनिश्चित गर्ने एक मात्र बैकल्पीक शाक्ति राष्ट्रिय जनमुक्तिमा देखेकोले राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेको उनको भनाई छ । त्यस्तै मान कुमारी चौधरीले राष्ट्रिय जनमुक्ति पार्टीले जातिय जनसंख्यको अधारमा समानुपाटीक प्रतिनिधीत्वको मुद्दालाई उठाएको हुनाले यही विचार र सिद्धान्ताले जनमुक्ति पार्टी प्रवेश गरेको बताए । फोरम पार्टी परित्याग गरि जनमुक्ति पार्टीमा प्रवेश गरेका उनले आफू कसैको कुनै लोभ र प्रलोभनमा नपरेर आफ्नो स्व–विवेकलेनै पार्टीमा प्रवेश गरेको बताए ।
यस्ता छन्, उम्मेदवारको सूची
नर्वाचन क्षेंत्र नं १ बाट रुपन्देही जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्ग, निर्वाचन क्षेत्र नं.२ बाट पार्टीका उपसचिव संगठन विभाग उगप्रमुख के.वि पुन, निर्वाचन क्षेत्र नं. ३ बाट संघीय परिषद् सदस्य तथा यातायात विभाग प्रमुख सुर्य कुमार सारु, निर्वाचन क्षेत्र नं. ४ बाट क्षेत्रीय अध्यक्ष सुदर्शन यादव, निर्वाचन क्षेत्र नं. ५ बाट पार्टी सदस्य दुर्गा बहादुर थापाको उम्मेदवारी रहेको संघीय परिषद् सदस्य तथा अनुगमन तथा मुल्यङ्कन समितिका सचिव अशोक पुनले जनकारी गर्नुभयो ।
त्यस्तै पार्टी उम्ेदवारहरु नवलपरासी क्षेत्र नं. १ प्रतिनिधी सभा सुमित्रा थापा, क्षेत्र नं.२ प्रतिनिधी सभा बल बहादुर तिलिजा, प्रदेश सभा(क) पूर्ण वहादुर वि.क, (ख) धन बहादुर गुरुङ्ग,२ नं. (क) श्याम परियार, (ख) कल्पना पुन, पाल्पाबाट धन केशर सुर्यवंशी, दम बहादुर राना, राम अस्लामी, सावित्री राना, गुल्मीबाट मधुमालती बुढाथोकी, अशोक थापा, राधिका पुन हरिदेव थापा, कृष्ण बहादुर फौजा, श्याम बहादुर थापा, कपिलबस्तुबाट धन बहादुर मिधुन, अमर बहादुर थापा, दिनेश माणि त्रपाठी, जङ्ग बहादुर थापा, उमा वि.क., चन्देश पाण्डे, बसु राना, रोल्पाबाट पूजा परियार , वाँके बाट गगन बहादुर थापा, निशा चन्द, सोनु गुरुङ्ग, मदन थापा, धनकुमारी वि.क., दाँङ्गबाट ठाकुर रोका, लिला पाहारी, शालिकराम नेपाली, धनराज वि.क, रवि वुढा, कृष्ण बहादुर नेपाली, वर्दिया बाट बाल कृष्ण खनाल, लक्ष्मी महत्राको उम्मेदवारी रहेको मुल्यङ्कन समितिका सचिव अशोक पुनले जनकारी दिनुभयो ।
