देवदहमा २ दिने कृषि तालिम सुरु

Read Time:2 Minute, 36 Second

गोविन्द घर्ती

कार्तिक १५ । सहकारी मार्फत समृद्धि समाज निर्माण तर्फ लाग्नु पर्ने रुपन्देहीको देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले बताउनु भएको छ ।

उहाले शयर सदस्यहरुको आर्थिक स्तर वृद्धि गर्न सहकारीहरुले उत्पादन क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनु भयो । चेली कृषि सहकारी संस्था देवदहको आयोजना र केआई नेपालको आर्थिक सहयोगमा भएको २ दिने कृषि तालिमको उद्घाटन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । उपप्रमुख गुरुङ्गले सहकारीले शेयर सदस्यहरुलाई सिपमुलक तालिमहरु प्रदान गरी आत्मनिर्भर बन्न तर्फ उन्मुख गर्नुपर्नेमा जोड दिनु भयो । उहाले महिलाहरुलाई आयआर्जनको क्षेत्रमा लगाउन सकेमात्र महिला हिंसा कम हुनेमा जोड दिदै नगरपालिकाले कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न विभिन्न योजनाहरु अगाडि सारेको बताउनु भयो । उहाले सिकेका ज्ञानलाई व्यवहारमा लागु गर्न सकेमात्र तालिमको औचित्य हुनेमा जोड दिनु भयो ।

चेली कृषि सहकारी संस्थाका अध्यक्ष सावित्रा वस्यालको अध्यक्षतामा भएको कार्यक्रममा कोलिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भिमप्रसाद गुरुङ्ग, देवदह केरवानी कृषक मुलसमितिका अध्यक्ष चक्रपाणी न्यौपाने, के आई नेपालका जिल्ला संयोज कउषा गुरुङ्ग, सल्लाहकार रुका सापकोटा, वडा सदस्य सरस्वती पोखरेल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । तालिमको देवदह नगरपालिकाका कृषि अधिकृत अश्विनीकुमार शर्मा, कृषि सेवा केन्द्रका पुर्वप्रमुख रामनारायण चौधरीले तालिमको सहकजीकरण गर्ने संस्थाले जनाएको छ । तालिममा चेली कृषि सहकारी संस्थाका शेयर सदस्यहरुको सहभागिता रहेको छ । देवी अधिकारीको स्वागत र व्यवस्थापक फुलमाया श्रीषको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %