एकिकृत पोषण सम्वन्धी अन्र्तक्रियात्मक छलफल

Read Time:2 Minute, 23 Second

गोविन्द घर्ती
Image may contain: one or more people, people sitting and indoor

कार्तिक १४ । रुपन्देहीको देवदहमा एकिकृत पोषण सम्वन्धी अन्र्तक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

सआहाराको आयोजनामा देवदह नगरपालिकाका नवनिर्वाचन जनप्रतिनिधिहरु संग पोषण सम्वन्धी अन्र्तक्रियात्मक कार्यक्रम सम्पन्न गरेको हो । सो अवसरमा कार्यक्रमको सहजीकरण गर्दै सुआहाराका महेन्द्र लामिछाने र विकास देउजाले विश्वभर १७ करोड वालवालिका कुपषोणबाट ग्रसित रहेको बताएका थिए । उनीहरुले राज्यले कुपषोषण न्यूनिकरण गर्न लगानी गरेपनि भने जस्तो सुधार हुन नसकेको बताउदै आगामी दिनमा वालवालिकालाई कुपषोणबाट बचाउन स्थानीय निकायले समेत बजेट विनियोजन गरी एकिकृत पोषण कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए ।

उनीहरुले नेपालमा एक हजार वालवालिका २१ जनामा कुपषोण हुने गरेको बताउदै कुपषोणको तथ्याङ्क घटाउन स्थानीय निकाय लाग्नु पर्नेमा जोड दिएका थिए । सोही अवसरमा बोल्दै देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले एकिकृत पोषण कार्यक्रमलाई निरन्तरता दिन नगरपालिका सकारात्मक रहेको र आगामी दिनमा नगरपालिकाले बजेट विनियोजन गरी अगाडि बढ्ने बताउनु भयो ।

नगरप्रमुख हिराबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, कार्यकारी अधिकृत श्रीकृष्ण नेपाल लगायतले बोल्नु भएको थियो । कार्यक्रममा देवदह नगरपालिकाका वडाहरु अध्यक्ष, विषयगत कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो । स्वास्थ्य अधिकृत राजेन्द्रसिं चौधरीको स्वागत र ताराप्रसाद खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %