श्रमजीवी पत्रकारका धर्मपत्नी शारदालाई बचाउ अभियानमा सह्योगको अपिल

Read Time:3 Minute, 4 Second

कृष्ण सारू मगर

तम्घास/गुल्मी, कार्तिक १४ – नेपाल पत्रकार महासंघ गुल्मीले जिल्ला स्थित पत्रकार महासंघमा आवद्ध पत्रकार सहित विभिन्न शुभेच्छुकहरूको सह्योगमा संगठनले वरिष्ट श्रमजिवि पत्रकार जनार्दनका धर्मपत्नी स्तन क्यान्सर घिमिरेलाई बचाउ अभियान सुचारु गरेको गुल्मी सेवा समाजका उपाध्यक्ष समेत साझा नेटवर्कका कुमार अविरल पन्थीले जानकारी दिए ।

स्रोतका अनुसार काठमाण्डौको टिचिङ्ग अस्पताल र अल्का अस्पतालको उपचार पश्चात्, हाल ललितपुरको हरिशिद्धी नेपाल क्यान्सर अस्पतालमा भर्ना भएकी ३५ वर्षिया शारदा घिमिरेलाई थप उपचारका लागि भारतको राजिव गान्धी अस्पतालमा क्यान्सर भएको स्तनलाई निर्मुल पार्न सम्बन्धित वरिष्ठ चिकित्सकहरूले सल्यक्रिया उपचार्थ खर्च झण्डै बीसलाख सम्म लाग्ने अनुमान गरिएको छ ।

गुल्मी मुसिकोटको सामन्य परिवारमा जन्मेका घिमिरेले गुल्मी जिल्लाको तम्घासमा दुई दशक अघि देखि पत्रकारितामा महत्वपुर्ण भुमिका निभाउँदै आएका क्रियाशिल रहेका पत्रकार घिमिरेका पत्नीलाई एक्कासी यति ठुलो रोगबाट ग्रसित भई आर्थिक संकटमा परेका उनि स्तव्ध बनेका छन् ।

नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठ, प्रेस चौतारीका अध्यक्ष शिव सुवेदी, प्रेस सेन्टर गुल्मीका संयोजक दधि खनाल र नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल लगायतका पत्रकारहरुले महासंघका पुर्व अध्यक्ष वरिष्ट श्रमजिवि पत्रकार जनार्दन घिमिरेकी पत्नीको उपचार्थ देश विदेशमा रहनु हुने नेपाली दाजु-भाई तथा दिदी-वहिनी, एवं विभिन्न समाजिक संघ, संस्था, संगठन साथै समाजसेवीहरूमा स्तन क्यान्सर घिमिरेलाई बचाउ अभियानलाई सह्योगको अपिल गरेका छन् ।

नोट: सह्योगी मनका धनि ईच्छुक महानुभावले नेपाल पत्रकार महासंघ गुल्मी शाखा वा कतारका लागि अध्यक्ष बुद्ध पाण्डे, उपाध्यक्ष कुमार अविरल पन्थी तथा अन्य गुल्मी सेवा समाजका पदाधिकारीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %