वडा अध्यक्ष खरुको निधन

Read Time:1 Minute, 22 Second

प्रेम ध्वाज गाहा
Image may contain: 1 person

नवलपरासीको बुङ्दीकाली गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दल बहादुर खरु मगरको हृदयघातका कारण निधन भएको छ ।

वहाँको आइतबार साँझ, बुङ्दीकाली ५ बोझाडी स्थित आफ्नै निवासमा निधन भएको हो । गाउँमा भलिबल खेल हेरेर निवासमा आइपुग्नुभएका खरु एक्कासी ढल्नुभएको थियो । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वहाँ नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा बिजयी हुनुभएको थियो । यस अघि वहाँले राष्ट्रिय जनमुक्ति पार्टीका बिभिन्न तहमा रहेर काम गर्नुभएको थियो भने नवलपरासी जिल्ला सदस्य पनि हुनुहुन्थ्यो ।

त्यसैगरी वहाँ बुद्ध दर्शन टेलिभिजन कावासोतीको सँस्थापक सदस्य तथा नेपाल मगर सँघ जिल्ला कार्य समितिको सदस्य पनि हुनुहुन्थ्यो । अत्यन्त मिजासिलो र मृदुभाषी खरुको २ श्रीमती, ३ छोरा र ५ छोरी हुनुहुन्छ । वहाँको सोमबार देवघाटमा अन्त्येष्टि गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %