कतारमा धनकुटा सेवा समाजले कलाकार मगरलाई गर्‍यो सम्मान

Read Time:3 Minute, 21 Second

कृष्ण सारू मगर
Image may contain: 5 people, people standing and suit

दोहा/कतार, अक्टोबर २९ – साविक मुढेबास २, हाल चौविसे गाउपालिका २, मुढेबाँस धनकुटाका गृह जिल्लावासी मयुर नृत्यकार तथा हुर्रा कृतिका सर्जक कबिराज मगरलाई धनकुटा प्रवासी सेवा समाजले सनैया स्थित हिमालयन होटलको सभा हलमा एक कार्यक्रम गरि समान गरेको छ ।

मयुर नृत्यकार मगरको कला र प्रतिभाको उच्च मुल्यांकन गरि समाजले गरेको समाजका अध्यक्ष ललित लिम्बूले बताए ।

समाजको प्रमुख सल्लाहकार समेत रहेका संस्थापक तथा अन्य सल्लाहकार सदस्यहरू एवं समाजको विभिन्न पद्धेन पदाधिकारीहरूले क्रमशः पवित्र खादाले सम्मानित भएका कलाकारलाई संस्थापक, सभापति, प्रमुख सल्लाहकारहरूको सह्योगमा प्रशंसा पत्र प्रदान गर्दै मायाको चिनो उपहार दिएको समाजका महासचिव रबिन मगरले हामीलाई जानकारी दिए ।
Image may contain: 5 people, people smiling, people standing

नेपाल मगर संघ शाखा कतारले आयोजना गरेको गरिव तथा जेहेन्दार विधार्थीको अक्षकोष सह्योगार्थ “प्रथम हुर्रा महोसव तथा दिपावली २०१७” को कार्यक्रमलाई सफल बनाउन नेपाल मगर साँस्कृतिक संघका अध्यक्ष मगर प्रमुख अतिथिको रुपमा संघको निमन्त्रणामा दोहा-कतार आएका हुन् ।

उक्त भेटघाट तथा सम्मान कार्यक्रम समारोहमा धनकुटा प्रवासी समाजका संस्थापक सदस्यहरू, प्रमुख सल्लाहकार तुलसी सुबेदी, डि.एन मगर, प्रथम उपाध्यक्ष पदम कुमार घिमिरे, तनहुँ सेवा समाजका अध्यक्ष केश गुर्मछान मगर, कामेश्वर मण्डल लगायत विशिष्ट समाजसेवी, बुद्धिजीवी, तथा विभिन्न मिडियामा आवद्ध पत्रकारहरूले उपस्थिति जनाएका थिए ।

दोहा-कतारमा समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था संग, समाजिक सद्भाव, भातृत्व एकता गरी समन्वय, सहकार्य गर्दै, समाजमा आवद्ध धनकुटेवासीहरुले गरेका विभिन्न समाजिक कार्यको खुलेरै प्रशंसा गरे ।

आफु जन्मेको माटो धनकुटा समाजबाट सम्मानित हुन पाउँदा निकै गौरवान्वित महशुस गरेका कलाकार मगरले थप्दै भने, समाजको उत्तरोत्तर प्रगतिको कामना गर्दै भने यो सम्मानले आफ्नो कलाकारितामा थप हौसला, प्रेरणा मिलेको बताए ।
Image may contain: 5 people, people smiling, people standing

समाजका द्धितिय उपाध्यक्ष डिल्ली कुमार सुबेदीको स्वागत तथा महासचिव रबिन मगरको संचालनमा सम्पन्न भएको भेटघाट तथा सम्मान कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष ललित लिम्बुले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %