खैरेनी गोठादी बाटो मर्मत संगै सरसफाई कार्य सूरु

Read Time:4 Minute, 25 Second

गोविन्द घर्ती

कार्तिक १२ – रुपन्देहीको देवदह नगरपालिकाको खैरेनीदेखि पाल्पाको गोठादी जाने मार्गको सरसफाई तथा फराकिलो गर्ने काम तिव्ररुपमा अगाडि बढेको छ ।

खैरेनी पाल्पाको गोठादी मार्गलाई व्यवस्थित तथा सरसफाई कामलाई तिव्रता दिन स्थानीय बाटो निर्माण समिति लागिरहेको छ । खैरेनी गोठादी मार्ग संचालनमा आएपछि पाल्पा जिल्लाको गोठादी, झडेवा हुदै पाल्पाको तानसेन जान सजिलो हुने बाटो निर्माण समितिका अध्यक्ष झिल्लुप्रसाद न्यौपानेले बताउनु भएको छ । बाटो निर्माण पश्चात पाल्पा जिल्लामा उत्पादीत कृषि जन्य वस्तुको निर्यात गर्न समेत सजिलो हुने अध्यक्ष न्यौपानेले बताउनु भएको छ । यो बर्ष रुपन्देहीको देवदह खैरेनी देखि पाल्पाको गोठादी सम्म करिव ११ किलोमिटर बाटोको सरसफाई संगै विस्तार कार्य अगाडि बढिरहेको पाल्पा– गोठादी मार्ग निर्माण पछि भारतको भगवानपुर देखि देवदहको खैरेनी हुदै पाल्पा, पोखरा संम्म जान सजिलो हुने भएकोले खैरेनी–गोठादी मार्ग निर्माण कार्यलाई तिव्रता दिएको अध्यक्ष न्यौपानेले बताउनु भएको छ ।

बाटो निर्माण नहुदा पाल्पाको गोठादी क्षेत्रमा उत्पादीत वस्तुहरुलाई देवदहको खैरेनी सम्म ल्याउन समेत कठिनाई भएको अवस्थामा खैरेनी गोठादी मार्ग निर्माण पछि पाल्पाका स्थानीयवासीहरुले राहतको महसुस गर्ने अध्यक्ष न्यौपानेले बताउनु भयो । बुटवल देखि पाल्पाको तानसेन जाने सिद्धार्थ राजमार्ग अन्र्तगत सिद्धवावाको बैकल्पिकको रुपमा समेत यो खैरेनी–गोठादी बाटोलाई विकास गर्न स्थानीय बाटो निर्माण समिति लागिपरेको अध्यक्ष न्यौपानेको दावी रहेको छ । खैरेनी–गोठादी मार्गको निर्माण कार्य सम्पन्न भईसकेपछि पाल्पामा साना व्यसायहरु फस्टाउने भएकोले बाटो निर्माण कार्यलाई अगाडि बढाईएको बाटो निर्माण समितिका उपाध्यक्ष वासुदेव रिमालको भनाई रहेको छ ।

खैरेनी गोठादी मार्गलाई औद्योगिक बाटोको रुपमा विकास गर्दै जाने हुदा अहिले देवदह नगरपालिकाको सहयोगमा बाटो निर्माण कार्यलाई अगाडि बढाईएको रिमालले बताउनु भयो । खैरेनी–गोठादी मार्गलाई यस बर्ष देवदह नगरपालिकाले ५ लाख रुपैया विनियोजन गरेको र सोही रकमबाट बाटो सरसफाई कार्यलाई अगाडि बढाईएको देवदह नगरपालिकाका प्रवक्ता झिल्लुप्रसाद न्यौपानेले बताउनु भयो । खैरेनी–गोठादी औद्योगिक मार्ग समेत रहेकोले सडक विभाग मार्फत तत्कालै २ करोड भन्दा बढिको काम हुने प्रवक्ता न्यौपानेले बताउनु भयो । बाटो निर्माण कार्य सम्पन्न भएपछि यो रुट हुदै जीप, वस, ट्रिपरहरु संचालनमा ल्याउने उद्देश्यका साथ बाटो निर्माण कार्यलाई तिव्रताका साथ अगाडि बढाईएको प्रवक्ता न्यौपानेले दावी गर्नु भयो । बाटो निर्माण कार्य सम्पन्न भएपछि यातायात कार्यालय संग सम्वन्वय गरी यातायात संचालन गरिने उहाले बताउनु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %