राष्ट्रिय जनमुक्ति पार्टी ५ नं ब्यूरोको बैठक बुटवलमा सम्पन्न

Read Time:1 Minute, 9 Second

सोनु थापा मगर 
Related image
बुटवल, कार्तिक १० – राष्ट्रिय जनमुक्ति पार्टी ५ नं लुम्बिनी प्रदेश ब्यूरोको बैठक आज शुक्रबार बुटवलमा सम्पन्न भएको छ ।

आसन्न चुनाबलाई मध्यनजर गर्दै बसेको बैठकले  कात्तिक १४ गते बुटवलमा पार्टीको चुनाबी घोषणा पत्र एक कार्यक्रम आयोजना गरेर सार्बजनिक गर्ने निर्णय गरेको छ । प्रदेश सह–इन्चार्ज केबी पुनको अध्यक्षता तथा केन्द्रिय अनुगमन समिति सदस्य सचिव अशोक पुनको प्रमूख आतिथ्यतामा बसेको बैठकले घोषणा सभालाई सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु समेत गठन गरेको छ ।

आर्थिक उपसमितिमा होमाया गुरुङ, स्वयंसेवक उपसमितिमा शंकर गाहा, मञ्च ब्यबस्थापनमा पार्टी जिल्ला समितिलाई जिम्मेवारी दिएको पार्टीले जानकारी दिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %