बागलुङ–पोखरा मगर समाजको देउसी भैलोबाट १ लाख संकलित

Read Time:1 Minute, 12 Second

रूद्र श्रीसमगर

पोखरा, कात्तिक १० – बागलुङ–पोखरा मगर समाजले बिहीबार आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट १ लाख ६ हजार रुपैयाँ संकलन गरेको छ ।

सो अवसरमा नाचगानसहित खानपानमा समेत बागलुङे मगरहरू रमाएका थिए । सो अवसरमा समाजका सांस्कृतिक संयोजक एवं लोक तथा दोहोरी गायक सञ्जय पुनमगर र लोक तथा दोहोरी गायिका भवि घर्तीमगरले सांगीतिक प्रस्तुती राखेका थिए ।

कार्यक्रममा म्यूजिक भिडियो निर्देशक एवं मोडल गोविन्द पुनमगर, समाजका पूर्व अध्यक्ष एवं राजनीतिज्ञ भीमबहादुर श्रीसमगरलगायतले समेत नाचगानमा सहभागिता जनाएका थिए ।

समाजका अध्यक्ष रामबहादुर पुनमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गजेन्द्र थापामगरले गर्नुभएको थियो भने उपाध्यक्ष कृष्णाकुमारी श्रीसमगरले स्वागत गर्नुभएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %