मनोज घर्ती मगर
भिडियोमा मउजा गाउँ पोखरा आसपासमा गाउँका गीत बन्ने लहर छ । पछिल्लो क्रममा थपिएको छ– मउजा गाउँको गीत । ‘पुर्खाको पसिनाले सिचेको ठाउँ, यो मेरो मन भित्र सजिएको नाउ’ बोलको गीतको म्यूजिक भिडियो भर्खरै बनेको छ ।
कृष्ण कुमार गुरुङले निर्देशन गरेको म्यूजिक भिडियोको नृत्य निर्देशक पबित्र गुरुङले गरेका छन् भने छायाङ्कन प्रकाश गुरुङ (कास) गरेका हुन् । बिकाश ताम्रकारले ड्रोनबाट भिडियो खिचेको गीतमा शान्ति गुरुङ र सरुण गुरुङले स्वर भरेका छन् ।
पुष्कर थापाले श्रृङगार गरेको भिडियोको व्यवस्थापक मिनु गुरुङ (राधा) पूर्ण गुरुङ हुन् । यस्तै कला निर्देशनको काम किशोर गुरुङले गरेका छन् भने भिडियोमा काजल गुरुङ, अनिशा गुरुङ, समिता गुरुङ, एलिशा गुरुङ, लक्ष्मी गुरुङ, ससी गुरुङ, कुसुम गुरुङ, पुस्कल गुरुङ, दिबश गुरुङ, प्रसान गुरुङ, ब्रोसिस गुरुङ, बिक्रम गुरुङ, अनुप गुरुङ नाचेका छन् ।