राज्यसत्ता
कार्तिक ७ – देश भित्र र देश बाहिरको सफलता पूर्वक च्यारिटो-शो पश्चात चितवन र पोखरामा पनि खुर्पेटो च्यारिटी-शो हुने भएको छ ।
मिफुङ्ग फिल्मस प्रोडक्सन प्रा.लि. को ब्यानरमा राजेन्द्र आलेको निर्माण र बिश्वास मगरको लेखन तथा निर्देशनमा निर्माण भएको खुर्पेटो देश बाहिरको बेलायत, कुवेत, र देहरादुनको साथै नेपालको काठमाण्डौ, काभ्रे, दमौली, सुर्खेत, मोतिपुर र नबलपरासीको बर्दघाट पश्चात चितवन र पोखरामा पनि च्यारिटी-शो हुन लागेको हो ।
मगरको राष्ट्रीय झन्डामा अंकित खुर्पेटो, यसको परिचय, निर्माण कला, बिशेषता, प्रयोग, आबश्यक्ता र महत्वलाई लिएर निर्माण गरिएको नारी चेतना र सन्देश मुलक नेपाली भाषाको चलचित्र खुर्पेटो मगर कल्याण समाज चितवनको आयोजनामा चितवनको नाराणघाटमा कार्तिक १७ गते शुक्रबार र मगर महिला संघ कास्कीको आयोजनामा कार्तिक २५ गते शनिबार पोखरामा च्यारिटी-शो हुन लागेको हो ।
देश भर सबै ठाउँमा त्यहाँको माग र अनुकुलता अनुसारको च्यारिटी-शो गर्ने अभियान रहेको खुर्पेटोमा चिरपरिचित लोक दोहोरी गायिका मुना थापा मगर पहिलो पल्ट अतिथीको भूमिकामा चलचित्रको पर्दामा देखा परेकी छिन् । साथमा सुजन थापा, बिना थापा, टिका आले, राजु आले, शोभा आले, सङ्गिता तुम्सिङ, राजन थापा, बबिता आले, बिष्णु आले, सल्मा पुन, राजेन्द्र आले, राज कुमार आले, सम्झना आले, नारायण गुर्माछान, सन्जय बुढाथोकी र बाल कलाकार आभाष आले र सरु आले मगरको प्रमुख भूमिका रहेको छ ।
