पोखरा ,
पृथ्वीनारायण शाह सालीक पुनर्स्थापना संघर्ष समितिले जसरी भए पनि प्रथम शाहीद लखन थापाको सालीक भएको ठाउमा पहिलेकै राजा प्रिथिवीशाहको सालीक राख्नु पर्ने जनाएका छन । शहीद थापाको मुर्ती राखे मान्य नहुने र जस्तो सुकै हत्कन्ड अपनाउन पछी नपर्ने उक्त संघर्ष समितिले जनाएको छ ।
0६२/६३को जनआन्दोलनले निरङ्कुस राजतन्त्र र एकात्मक हिन्दुराज्यको अन्त गरि लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष नेपालको स्थापना गरेको थियो । त्यही वर्ष सहिदको सम्मानार्थ प्रथम सहिद लखन थापा मगरको सालिक पोखराको पृथ्वी चोकमा निर्माण गरिएको थियो । केही महिना अघि हिन्दुराज्यका पक्षधर केही राजावादिहरु र प्रहरी ,प्रशासनको मिलेमतोमा षड्यन्त्र गरी रातारात प्रथम सहिद लखन थापाको सालिक गायब पारीएको थियो ।
सम्पूर्ण न्यायप्रेमी नेपाली जनता , मगर समुदायको एकीकृत संगठित बिरोध र आन्दोलन पछि मगर संघ कास्कीका अध्यक्ष, सि.डि.ओ र नगर पालिका प्रमुखको सम्झदारी र हस्ताक्षरमा उक्त सालिक सानो एरिया छेत्रफलमा पुनर्निर्माण गर्ने सहमति कायम समेत भएको थियो । तर पुनर्निर्माण कार्य भने अझैसम्म सुरचारु हुन सकेको छैन ।
प्रथम सहिदको सालिक ह्टाउने कार्य राजावादी, हिन्दु नश्लवादी प्रसासनको भित्रभित्रै ठुलो भुमिका रहेको सर्वबिदितै छ ।अहिले पनि उनीहरुको बिरोध र षड्यन्त्रका कारण पृथ्वीनारायण साहको सालिक राख्ने नाममा प्रथम सहिदको अपमान गर्दै लखन थापाको सालिक राख्न नदिने र मगर समुदायलाई कमजोर ठानी उनीहरुलाई अपहेलित गर्ने काम भएको छ । हिन्दु राजावादीहरुले कुनै पनि हालतमा लखचोकमा प्रथम सहिद लखन थापा मगरको सालिक निर्माण गर्न नदिने र उक्त स्थानमा पृथ्वीनारायणसाहको सालिकै पुनर्स्थापना गर्ने भनी संघर्स समिति समेत निर्माण गरिएको छ । 
