गोविन्द घर्ती
असोज २८ । सहकारी ऐनमा नसमेटिएको कुराहरु सहकारी निमावलीमा समेट्न दवाव दिनुपर्ने जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिमप्रसाद तुलाचनले बताउनु भएको छ ।
उहाले सुशासनले मात्र सहकारीहरु उत्कृष्ट हुनेमा जोड दिनु भयो । अध्यक्ष तुलाचनले सहकारीले उत्पादन क्षेत्रमा लगानी गरी शेयर सदस्यहरुलाई व्यवसायीक बनाउनु पर्नेमा जोड दिनु भयो । पल्लवी बचत तथा ऋण सहकारी संस्था देवदहको छैठो बार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनको अवसरमा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । अध्यक्ष तुलाचनले सहकारीको विकासको लागि व्यवस्थापनलाई पारदर्शिता बनाउनु पर्नेमा जोड दिनु भयो ।
सहकारीका कार्यवहाक अध्यक्ष विनोद शर्माको अध्यक्षता भएको कार्यक्रममा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, संस्थापक अध्यक्ष खुमप्रसाद भण्डारी, गरिमा सहकारी संस्थाका विष्णुबहादुर थापा, चेली कृषि सहकारी संस्थाका सावित्रा वस्याल, शुभलक्ष्मी सहकारीका कुलप्रसाद अधिकारी लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा विद्यार्थी, नवनिर्वाचित जनप्रतिनिधि, पुर्व पदाधिकारी, सल्लाहकार, असल ऋणि, वालबचतलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा कार्यवहाक अध्यक्ष विनोद शर्माले बार्षिक प्रतिवेदन, सचिव भिमप्रसाद न्यौपानेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष गोविन्दप्रसाद तिवारीले आर्थिक प्रतिवेदन, लेखा संयोजक वालकृष्ण रिमालले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संचालक समिति सदस्य कृष्णप्रसाद गैरेको स्वागत र सचिव भिमप्रसाद न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
