गोविन्द घर्ती
असोज २९ । सहकारी मार्फत समृद्ध राष्ट्र निर्माण गर्न सकिने नेफस्कुनका केन्द्रिय सदस्य कृष्ण नेपालले बताउनु भएको छ ।
उहाले सहकारी ऐनले करलाई सरलीकरण गरेको बताउदै सहकारी ऐनले एक सहकारी एक सदस्यको व्यवस्था गरेकोले एक सहकारीको सदस्य मात्र बन्नु पर्नेमा जोड दिनु भयो । नेपालले सहकारीहरुलाई नाम अनुसारको काम गर्न प्रेरित गर्नुपर्नेमा जोड दिदै सहकारीहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनु भयो । तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था देवदह भलुहीको सातौ बार्षिक साधारणसभा तथा तेश्रो अधिवेशनको क्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । नेफस्कुन रुपन्देहीका अध्यक्ष समेत रहनु भएका नेपालले स्थानीय निकायले सहकारी संस्थालाई संचालनको लागि कार्ययोजना निर्माण गरी अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । उहाले सहकारीहरुले शेयर सदस्यहरुलाई उत्पादनकुल सिप प्रदान गरी व्यवसायीक बनाउनु पर्नेमा जोड दिनु भयो ।
सोही अवसरमा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका सदस्य प्रकाश अर्यालले सहकारी मार्फत समाज परिवर्तन संगै आर्थिक बृद्धि गर्न सकिनेमा जोड दिनु भयो । अर्यालले सहकारी मार्फत गरिवी न्यूनिकरण गर्न सकिने भन्दै सहकारीको विकासको लागि स्थानीय निकायले योजना तर्जुमा गर्नुपर्ने बताउनु भयो । सहकारी संस्थाका अध्यक्ष खड्बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, देवदह साकोसका अध्यक्ष ऋषिराम सापकोटा, संस्थाका अध्यक्ष रुका सापकोटा, आत्मरक्षा साकोसका अध्यक्ष लेटबहादुर पुन, न्यू नमुना बोडिङ्ग स्कुलका होमनाथ ढुंगाना, भलुही सत्यसाई केन्द्रका मानबहादुर गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
कार्यक्रममा अध्यक्ष क्षेत्रीले बार्षिक प्रतिवेदन, सचिव टोपबहादुर थापाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष वावुराम पोखरेलले आर्थिक प्रतिवेदन र लेखा संयोजक छमबहादुर अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उपाध्यक्ष केशवप्रसाद भट्टराईको स्वागत र सचिव टोपबहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
