देवदहमा विश्व हात धुने दिवस मनाए

Read Time:2 Minute, 0 Second

गोविन्द घर्ती

असोज २९ । विश्व हात धुने दिवसको अवसरमा रुपन्देहीको देवदहमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल अविनास सामाजिक सेवा संस्थाको आयोजनामा उक्त सचेतना कार्यक्रम सम्पन्न भएकोे हो । हाम्रो हात, हाम्रो भविष्य भन्ने नाराका साथ विश्व हात धुने दिवसको अवसरमा देवदह–४, केरवानीका स्थानीयवासी, ज्योति महिला बचत समुह एवं लक्ष्मी महिला बचत समुहका सदस्यहरुलाई विश्व हात धुने दिवसको हात धुदा हुने फाईदा र बेफाईदाका वारेमा सचेतना कार्यक्रम गरेको हो ।

सो अवसरमा कार्यक्रम सहजीकरण गर्दै केरवानी स्वास्थ्य चौकीका बुद्धिप्रसाद ज्ञवालीले खाना खानु अघि सावुन पानीले हाम्रो संग हात धुनु पर्नेमा जोड दिनु भयो । मानिसको पहिलो सम्पत्ति भनेको स्वास्थ्य रहेकोले स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्नेमा जोड दिनु भयो । उहाले खाना खानु अघिमात्र नभई खाना बनाउने बेलामा, चर्पी गएर आएपछि र अन्य फोहोर वस्तु समाएपछि राम्रो संग सावुन पानीले हात धुनु पर्ने बताउनु भयो । सावुनले पानीले हात धुने वानी वसाल्न सकियो भने रोगहरुबाट बच्न सकिनेमा जोड दिनु भयो । कार्यक्रममा नेपाल अविनास सामाजिक सेवा संस्थाका स्वास्थ्य सहजकर्ता रमा कुमाल, सरीमाया गुरुङ्ग, निरमाया विकले समेत सहजीकरण गर्नु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %