वामगठवन्धन बिच अन्तर्रक्रिय कार्यक्रम देवदहमा संपन्न

Read Time:3 Minute, 34 Second

गोविन्द घर्ती
Image may contain: 13 people, people sitting

असोज २६ । देशको समृद्धि र विकासको लागि कम्यूनिष्ट पार्टीहरु वीच वामगठवन्धन भएको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

उनीहरुले वामपन्थी एकता देख्न नचाहने तत्वले वामएकतालाई भाड्न खोजिरहेको भन्दै त्यसप्रति सवै सचेत र सजग हुनु पर्नेमा जोड दिएका थिए । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नया शक्ति नेपाल वीच भएको वामगठवन्धनद्धारा देवदहमा आयोजित शुभकामना आदान कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । सोही अवसरमा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवं रुपन्देही ईन्चार्ज लिला गिरीले वामपन्थी एकताले गैरवामपन्थीहरु त्तसित भएको बताउनु भयो । उहाले वामपन्थीहरुको एकताले मात्र देशको समृद्धि र संविधान कार्यान्वयन गर्न सकिनेमा जोड दिनु भयो । अहिले वामपन्थीहरु वीच चुनावी तालमेल संगै पार्टी एकिकृत गर्ने दिशा तर्फ अघि बढिरहेको अवस्थामा मंसीरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सार्ने चलखेल भएको भन्दै समयमा नै निर्वाचन गराउन सवैले दवाव दिनु पर्नेमा जोड दिनु भयो ।

सोही कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं रुपन्देही ईन्चार्ज माधव शर्माले कम्यूनिष्ट पार्टीहरुको एकताले मात्र देशमा समाजवाद लागु गर्न सकिनेमा जोड दिदै समाजवादले मात्र देशको समृद्धि हुने बताउनु भयो । उहाले विगतमा भएका टिठा मिठा कुरालाई विर्सेर वामपन्थी एकतालाई अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो । उहाले विगतमा वामपन्थीहरु वीच एकताको प्रयास भएपनि अहिले मात्र त्यो संभव भएको बताउनु भयो । नेकपा एमाले देवदह नगर कमिटीका अध्यक्ष विद्यालक्ष्मी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष शिवप्रसाद सुवेदी, नेकपा माओवादी केन्द्रका जिल्ला सहसंयोजक हिराकुमार निसाद, नेकपा एमालेका क्षेत्रीय संयोजक ऋषिराम सापकोटा, नया शक्ति नेपालका गोविन्द क्षेत्री लगायतले बोल्दै कम्यूनिष्ट आन्दोलनलाई निष्कर्षमा पुर्याउन वामपन्थीहरु एकतावद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।

नेकपा एमाले देवदह नगर कमिटीका ईन्चार्ज प्रकाश अर्यालको स्वागत, माओवादी केन्द्र देवदह नगर कमिटीका सचिव मनकुमार कनौजेको धन्यवाद ज्ञापन र माओवादी केन्द्र देवदह नगर कमिटीका अध्यक्ष मोतीलाल ढकालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %