देब पचभैया
पाल्पा, असोज २८ – प्रहरी अतिरिक्त महानिरिक्षक (ए.आई.जि) मिङमार लामाले नखाएर भएपनि छोराछोरी पढाउन आग्रह गर्नुभएको छ ।
प्रदेश नम्बर ५ को प्रहरी प्रमुखको जिम्मेवारी सम्हालीरहनुभएका लामाले भर्तीका लागी आदीबासी जनजाती युवाहरुले गरेको प्रयास र मिहिनेत अरु ठाउमा पनि गर्ने हो भने जहापनि सफलता प्राप्त गर्न सक्ने बताउनुभएको छ ।
आदीबासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद पाल्पाले आयोजना गरेको सम्मान कार्यक्रमा बोल्दै ए.आई.जि लामाले लाहुरे संगै जनजाति युवाहरुले लोकसेवाका अन्य स्थानमा जागिर खान आग्रह गर्नुभएको हो ।
