समाज निर्माणमा साहित्यको अह्म भूमिका

Read Time:2 Minute, 32 Second

गोविन्द घर्ती
Image may contain: 6 people

असोज २१ । समाज निर्माणमा साहित्यले अह्म भूमिका खेल्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

उनीहरुले साहित्यले समाजलाई सही निर्देशित गर्ने भएका साहित्य प्रति कलम चलाउनु पर्नेमा जोड दिएका थिए । युगीन साहित्य समाज देवदहको प्रथम साधारण सभा तथा अधिवेशनको क्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । उनीहरुले साहित्यलाई हेर्ने दृष्टिकोण संकीण भएकाले साहित्य प्रति चिन्तनको विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

समाजका अध्यक्ष यज्ञप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ साहित्यकार डा. श्याम न्यौपाने, कथाकार तुल्सी घिमिरे, देवदह–७, का वडा अध्यक्ष पदम थापा, ड्रिम देवदहका सिद्धिचरण भट्टराई, अनुराग साहित्य समाजका राजु अर्याल, नेपाल लेखक संघका सरस्वती वस्याल, नेपाल शिक्षक संगठनका ऋषिश्वर अर्याल, नमकान्त पाण्डे, टंक पोखरेल, वासुदेव रिमाल, दुर्गाबहादुर क्षेत्री, भगवती गैरे, विनोद उदय लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा समाजका अध्यक्ष यज्ञप्रसाद न्यौपानेले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै देवदहका साहित्य पुस्तकालय र कविता महोत्सव गर्ने बताउनु भयो ।

अधिवेशनले यज्ञप्रसाद न्यौपानेको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा शुसिल सापकोटा, सचिवमा गणेश न्यौपाने, सहसचिवमा धना तिवारी, कोषाध्यक्षमा विष्णु पोखरेल रहनु भएको छ । अन्य सदस्यहरुमा रवि रेग्मी, विष्णु थापा, तिर्थराज भण्डारी, शंकर पाण्डे, अवि तिवारी, भरत पाण्ड रहनु भएको छ । विष्णु पोखरेलको स्वागत र गणेश न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %