दसैंको अवसरमा दिईने “खडग मार “के हो ?-ईतिहासको पाना बाट

Read Time:5 Minute, 51 Second

हरेक दशैंमा खड्ग मगर राजाको मार हानेर,बिजयउत्सव मनाउने गरिन्छ । हिन्दु बडा दशैंको ´खड्ग हान्नु´ अर्थात् ´मगर काट्नु´ भन्नाले ´जनजातिहरुलाई आर्यहरुबाट, मार हानिरहनु´ भन्ने निर्देशन हो । खसी , बोका, राँगाहरुको बिजय दशमी, दशेरा अनि बडा दशैं बलिदिनु अगाडी हानिने लौका, घिरौलाहरुको ´खड्ग मार´ मगर राजा खड्गलाई बाहुनहरुले मारेको प्रतिकबिम्ब हो भनेर भनेको पाईन्छ । त्यसलाई ´खड्ग हान्नु वा खड्ग काट्नु´ भनिने चलनचल्ति अझ्झैपनि यथावत नै छ ।बिजय दशमीसंग अनार्य असुर राजा महिषासुर आर्यहरुबाट मारिएको र दशैंमा घिरौला, लौका मारहानिने ´खड्ग मार´ गोर्खाको अनार्य अहिन्दु आदिवासी मगर राजा खड्गलाई मारिएको बिजय बिजय उत्सव मनाइएको हो भनेर भनिन्छ ।

बि स १६१६ मा गोर्खाका खड्ग मगर राजाको षड्यन्त्रपुर्वक हत्या गरे पस्चात दसैंमा रातो टिका लगाई विजयौत्सव मनाउन सुरु गरिएको भनिन्छ वास्तविकता के छ त ईतिहासको पानामा हेरौ जस्ताको तस्तै

श्री शाके १४८१ सालमा गोरखाका खडका (मगर) राजालाई मारेर द्रव्य शाहले शाहवंशको जग बसाए।
(गोर्खावंशावालीको कुरा फेरी पनि जस्ताको तस्तै)

(सम्बत् १६१६ भदौ २४ गते बुधवार, अष्टमी तिथि, माने दशैको बेला )
“गोर्षामा षड्का राजा थियो. उस्को अन्याय अनरीति पनि ढेरै भयाको अजात राजा भयाको देषदा बहुत चित्त मा षेद भै क्षत्रिय राजा कस्तरह ले हुनन् र क्षत्रिय राजा मानुला. भनी तजबिज गरि लम्जुङ्ग का पन्थ की छोरी मागी सम्बन्ध बाँधी आउनु जानु गर्न लाग्दा द्रब्य शाह को मनसुवा बुझी गणेश पाण्डे ले केही बिन्ति ग-या, क्षत्रिय का कूल ले जन्म पाई कन त आफ्ना बल पराक्रम ले न्या बलले पृथ्वीको पालना गर्न्या धर्म हो. तसर्थ गोर्षामा नीच जाति राजा भयाको रहेछ हजुरले ताहा को राज गर्न्या उद्योग बढिया होला भनी बिन्ति गर्या र बढिया बिन्ति गर्यौ यो उद्योग कस्तरह ले हुन्छ भनि मर्जी हुँदा यहाँ केही देवता को भक्ति भावु हवस गोर्षा का मानिस म हात गर्छु भनि बिन्ति गर्या र आफु गोर्षा गया. चेप्या घाट मा नारंदास अर्ज्याल लाई पुरश्चरण गर्नु भनी मर्जी भयो पुरश्चरण गर्न लाग्या.

गणेश पाण्डे गोर्षामा मगरहरु सितको सल्लाह बाध्न लाग्या. सल्लाह बाधी सक्या पछि तर एकै पटक यहाँ चलाउनु छैन. बल चढाउदै यहाँ चलाया बढिया होला ताहा लिगलिगमा घले राजा आफ्ना बल ले भएको छ. तेस्को रीत टीका दिन जसले कोट उछिँदो रहेछ उई राजा हुदो रहेछ अरु अरु त १। २ वर्ष मात्र हुदा रह्या छन्. आजकल को राजा भयाको त बलियो रहेछ र. १०। १२ वर्ष भया छदै छ. त्यहा छल बल गरी टिका दिन उछिन्न्नु र लिगलिग हात आउछ. लिगलिग हात भया पछि बल ढेरै बढ्छ। वहा देखि यहाँ आउन सहज होला. भनी गणेश पाण्डे ले संकेत गर्या छन्. तेही सल्लाह ली नारंदास अर्ज्याल आया र बिस्तार बिन्ति गर्या. थि उद्योग गर्न लाग्या. टिका को दिन कोट उछिनी लिगलिग हात गर्या। वहा पछि गोर्षा गादी मा राज गराउन्या साईत आउन लाग्यो.

गोर्षाका मानिस पनि सब गणेश पाण्डेले हात लि सक्या. तेसै विचमा हरी द्रब्य शाह बाट रागीनास देषी पन्ध्र दिन सम्म लडाई गर्या षड्का कयेत भयाको थिएन पन्ध्रौ दिन का रात मा गणेश पाण्डे पन्थ अर्ज्याल सब सिपाही समेत गई दीप गणेश पूजा पूर्बक सकल मंगल गरि चलाई तल्लाकोट मा राज गराया. पाण्डे पन्थ अर्याल षस मगर सब पाच भै खडका राजा सित गै बात गर्न लाग्या, बात मिलेन र फिर्या सायेत पनि आयो. श्री ५ द्रब्य शाह लाई चलाई सब जना गएर षड्का राजा का उपर तरबार चलाई मार्या.तह देखि श्रीगणेश पूजा सकल मंगल गरी ब्राह्मण आदि सब पाँच हरु बसी शुभ मुहुर्त पारी टिका टिका चढाई गाडीमा राज गराया. वहा पछि उपल्लो कोट को घले राजा मारी उपल्लो कोट हात गर्नु भयो. श्री शाके १४८१ सालमा गोर्षा का गादिमा श्री ५ महाराजा द्रब्य शाह राज गर्नु भएको हो.”

गोर्खावंशावाली – २००९ , पृष्ठ ५ – ७

Source : The Magars: Their History, Language and Culture

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %