श्रीमान्को स्मृतिमा अक्षयकोष स्थापना

Read Time:2 Minute, 26 Second

शिसिर पौडेल

पोखरा ०५, असोज, पोखरा लेखनाथ महानगरपालिका १९ घार्मीका एक वृद्धाले श्रीमान्को स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको छ ।
 
७५ वर्षिया उषादेवी पौडेल र दुर्गादेवी पौडेलले श्रीमान् बालाकृष्ण पौडेलको स्मृतिमा स्थानीय महेन्द्र मा.वि.मा ५० हजार १ सय ५५ रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको हो ।

विद्यालयमा आज आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा वृद्धा दुर्गादेवी पौडेलले उक्त रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेल र प्रधानाध्यापक बासुदेव पौडेललाई हस्तान्तरण गर्नुभयो । आफुले पाउँदै आएको वृद्ध भत्ता समेत जम्मा गरेर कोष स्थापना गर्नुभएकी पौडेलले, विद्यार्थीलाई प्रोत्साहन गर्न कोष स्थापना गरेको बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा नम्बर १९ का वडा अध्यक्ष शोभामोहन पौडेलले कोष स्थापनाले शैक्षिक विकासमा टेवा पुग्ने बताउँदै गुणस्तरीय शिक्षाका लागि सबै  प्रतिबद्ध हुनु पर्नेमा जोड दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तारा परियार, विद्यालयका सल्लाहकार जयराम पौडेल, पत्रकार शिशिर पौडेल, प्रधानाध्यापक बासुदेव पौडेल, शिक्षासेवी होमनाथ आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष माधव पौडेल, भूमेश्वर आधारभूत विद्यालयका सहायक प्रधानाध्यापक दुर्गाप्रसाद पौडेल, शिक्षक नन्दराज दाहाल, सूर्यराज घिमिरे लगायतले चाडपर्वलाई संस्कृति बनाउन आग्रह गरेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %