राजावारीमा एक दिने निशुल्क आखा शिविर सम्पन्न

Read Time:2 Minute, 20 Second

गोविन्द घर्ती

भाद्र ३ – रुपन्देहीको देवदह–१, राजावारीमा एक दिने निशुल्क आखा शिविर सम्पन्न भएको छ ।

लायन्स क्लव खस्यौली र लियो क्लव अफ लर्ड बुद्धको संयुक्त आयोजनामा उक्त आखा शिविर सम्पन्न भएको हो । देवदह–१, राजावारीमा रहेको भृकुटी आमा समुह, दिदीवहिनी आमा समुह, प्राकृतिक आमा समुह, अग्रसर, आमा समुह, नवजन आमा समुहको समन्वयमा उक्त आखा शिविर सम्पन्न भएको हो । ग्रामिण क्षेत्रका आम नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आखा शिविरको आयोजना गरेको आयोजकको भनाई रहेको छ ।

आखा शिविरमा बुटवल लायन्स आखा अस्पतालका डा. मनोहर न्यौपानेलेको टोलीले स्थानीयवासीहरुको आखा चेकचाज गरेका थिए । शिविरमा २ सय ८० जनाको आखा चेकजाच गरेकोमा २८ जनामा मोतियाविन्दु फेला परेको लियो क्लव अफ लर्ड बुद्धका अध्यक्ष विजेन्द्रमान शाक्यले बताउनु भयो । मोतियाविन्दु भएकाहरुलाई बुटवल लायन्स आखा अस्पतालमा निशुल्क अप्रेसन गर्ने जनाएको छ । अन्य विरामीहरुलाई निशुल्क औषधी प्रदान गरिएको थियो ।

लायन्स क्लव खस्यौलीका अध्यक्ष ज्ञानबहादुर पुनको अध्यक्षता र लायन्स क्लवका पुर्व अध्यक्ष महेन्द्रनारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा शिविर सम्पन्न भएको थियो । शिविरको उद्घाटन कार्यक्रममा लायन सरोज कंडेल, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक पदमबहादुर राना लगायतले आ–आफना भनाई राख्नु भएको थियो । लियो क्लव अफ लर्ड बुद्धका अध्यक्ष विजेन्द्रमान शाक्यको स्वागत र कमल ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %