फोनिज कास्कीको पत्रकार कल्याणकारी कोषका लागी ज्योतिष डाक्टर अधिकारी द्धारा १० हजार प्रदान

Read Time:2 Minute, 48 Second

गिता राना मगर
Image may contain: 8 people, people smiling, people standing

पोखरा,  असोज ३ – आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले स्थापना गर्न लागेको पत्रकार कल्याणकारी कोष स्थापनका लागी वरिष्ठ ज्योतिष डाक्टर रुद्रनाथ अधिकारीले १० हजार १ सय ५५ रुपैया प्रदान गरेका छन । गत भदौ २४ देखि ३० गते एक साता सम्म पोखरामा रही आफ्ना भक्तनहरुलाई परामर्श दिएका ज्योतिष अधिकारीले पोखरा छोड्ने वेलामा आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले स्थापना गर्न लागेको पत्रकार कल्याणकारी कोष स्थापनाका लागी १० हजार १ सय ५५ रुपैया फोनिज कास्कीका अध्यक्ष एम बी आस्था मगरलाई हस्तान्तरण गरेका हुन ।

सो अवसरमा वोल्दै ज्योतिष  अधिकारीले आफुले प्रदान गरेको यो रकम सानो भएको वताउदै आगामी दिनमा फोनिज कास्कीले स्थापना गर्न लागेको कल्याणकारी कोष स्थापनाका लागी आफ्नो तर्फबाट महायज्ञ गर्न तयार रहेको र यसको तयारीमा जुट्न फोनिज कास्कीका अध्यक्ष एमबी आस्था मगरलाई आग्रह गरे । सो अवसरमा वोल्दै फोनिज कास्कीका अध्यक्ष एमबी आस्था मगरले पत्रकार कल्याणकारी कोष स्थापनाको घोषणा भएपछि विभिन्न ब्याक्तिहरुले सहयोग गर्ने प्रतिवद्धता जनाइरहेको र केही महिना पछि ज्यातिष रुद्रनाथ अधिकारीलाई पोखरामा बोलाएर महायज्ञ गर्न आफु तयार रहेको वताए । त्यसैगरी विभिन्न संघ सस्था तथा ब्याक्तिहरुलाई पत्रकार कल्याणकारी कोष स्थापनामा हातेमालो गर्न समेत मगरले आग्रह गरे । यसअघि अमेरिकामा रहेका पत्रकार गोकुल बानियाले पत्रकार कल्याणकारी कोष स्थापनाका लागी १० हजार रुपैया प्रदान गरेका छन ।

यसैविच ज्योतिष डाक्टर रुद्रनाथ अधिकारीले सोमबार पोखराको महतगौडा सितापाइलामा रहेको पोखरा बृद्धाश्रमलाई पांच हजार एक सय नगद सहित दाल, चिनी, चामल लगायतका खाद्यान्नहरु वितरण गरेको पोखरा कार्यक्रम संयोजक बालकृष्ण पौडेलले वताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %